Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अभिभावक संघ लुम्बिनीमा नया नेतृत्व

बुटवल, १७ पुस । नेपाल राष्ट्रिय अभिभावक संघ लुम्बिनी अञ्चलको भेलाले भीमलाल भट्टराईको संयोजकत्वमा १३ सदस्यीय अभिभावक संघको लम्बिनी
अञ्चल समन्वय समिति गठन गरेको छ ।
भेलाले उर्मिला क्षेत्रीलाई सह–संयोजक र पूर्णचन्द्र पाण्डेलाई सचिवमा चयन गरेको बताइएको छ । त्यस्तै सदस्यहरुमा
नवलपरासीबाट श्यामप्रसाद भुसाल, अर्घाखा“चीबाट रामलाल पराजुली, गुल्मीबाट बेगमबहादुर चन्द, पाल्पाबाट भीम कार्की, लगायत रहेका छन् । संघका जिल्ला अध्यक्ष पूर्णचन्द्र पाण्डेको अध्यक्षता, उपाध्यक्ष जस्विन पौडेलको स्वागत तथा राजुप्रसाद लिगलको सञ्चालमा सम्पन्न कार्यक्रममा बेगमबहादुर चन्द, भीम कार्की रामलाल पराजुली लगायतले बोलेका थिए । उद्घाटन कार्यक्रममा अभिभावकहरुले शैक्षिक क्षेत्रमा देखा परेको बिकृति र बिसङ्गतिको अन्त्यका लागि सबै संगठित हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रीय अध्यक्ष धर्मदत्त देवकोटाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र निजी शैक्षिक क्षेत्रमा देखिएको अनियमितताको निर्मूल पार्न अभिभावकहरु सशक्त रुपमा सडक संर्घषमा उत्रिनुपर्ने बताए । संघकी केन्द्रीय सदस्य उर्मिला क्षेत्रीले लुम्बिनी अञ्चलबाटै अभिभावकहरुलाई सचेत बनाउन अभियान अगाडि सारिएको बताइन ।

0 comments

तपाईंको प्रतिकृया