Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
निमको रुखवाट दुध ! , हेर्नेको भिड

ओम पंगेनी
बुटवल, १७ माघ ।

 बुटवलको देवीनगरमा एउटा निमको रुखबाट विगत १७ दिनदेखि लगातार दूधजस्तो पदार्थ बगिरहेपछि दिनहु“ हेर्न आउने मान्छेहरुको भीड लाग्ने गरेको छ ।
देवीनगर हु“दै जोगिकुटी जाने सडकसंग जोडिएको रेसुुंङ्गा पथस्थित रामबहादुर थापाको घरअगाडिको निमको रुखमा ह्वालह्वाल्ती बगिरहने दूधजस्तो पदार्थ हेर्न बिहानैदेखि मानिसहरुको भीड लाग्ने गरेको हो ।
रुखको फेद नजिकै राखिएको दानपात्रमा पैसा चढाउ“दै मानिसहरुले रुखको फेदमा पूजा गर्ने, ढोग्ने र रुखबाट निस्केको सेतो पदार्थ खाने गरेका छन् । दैवीशक्तिको कारण यस्तो भएको भन्दै अहिले रुखको फेदमा सफा कपडाले बेरिएको छ र हेर्न आउनेमध्ये केही मानिस काम्ने (हल्लिने) समेत गरेका छन् ।
पुस महिनाको अन्त्यतिरबाट लगातार सेतो पदार्थ बगिरहेपछि आफूले माघ १० गतेपछि धुपबत्ती बालेको र त्यसपछि हेर्ने मानिसहरुको भीड लाग्न थालेको थापाले बताए । कटहर, खनिया लगायतको रुखबाट कहिलेकांही चोप आउने गरे पनि निमको रुखबाट यसरी चोप आएको आफूले कहिल्यै नदेखेको र नसुनेको थापाको भनाइ छ । लगातार सेतो पदार्थ बगेपछि आफूले पानीले पखालेको र त्यसपछि पनि बग्न नछाडेपछि धुपबत्ती गरेको उनले बताए ।
रुखको फेदबाट लगातार ‘दूध’ आएपछि अचम्म मान्दै एक साताअघिदेखि नै हेर्न आउनेहरुको ओइरो लाग्ने गरेको स्थानीय दुर्गा पौडेलले बताईन ।  हेर्न आउने केही मानिसहरुले कुनै देवीशक्ति नभई प्राकृतिक कारणवश नै यस्तो हुने बताएका छन भने केहीले देवीशत्तिले यस्तो भएको बताएका छन । 


0 comments

तपाईंको प्रतिकृया