उपाधि ईन्टर स्र्पोटसलाई
बुटवल १६ माघ– जिल्ला स्तरिय रेड बुल लिग फुटवल प्रतियोगिता—२०७० को उपाधि ईन्टर स्र्पोटस क्लब ,लक्ष्मीनगरले हात पारेको छ ।
फाईनल खेलमा ईन्टरले लिस्नु युवा क्लब कोटिहवालाई ३ –१ को गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसंगै ईन्टरले क्षेत्रिय लिगमा रुपन्देही जिल्लाको तर्फबाट सहभागिता जनाउने छ । एन्फा एकेडेमी खेल मैदानमा आज भएको रोमाञ्चक फाईनल खेलको पहिलो हाफसम्म दुबै तर्फबाट कुनै गोल हुनसकेन । दोस्रो हाफमा निक्कै आक्रमक भएर दुबै टिमका खेलाडी खेल खेलेका थिए ।
खेलको ५५ औ मिनेटमा ईन्टरका खेलाडीले गरेको फलमा रेफ्रीले खेलाडीको विवादको कारण दुबैतर्फका खेलाडीहरु बिकास गुरुङ्ग र पदम थापाले रातो कार्ड खादै मैदान छोडे । इन्टरले दोस्रो हाफको २८औ मिनेटमा सुरेन गुरुङ्गको गोलले खाता खोलेको थियो । अशोक सेनको पासलाई सदुपयोग गर्दै सुरेनले गोल गरेका थिए । माघ ३ गतेदेखि संचालन भएको लिगमा रुपन्देहीका १७ टिमको सहभागिता रहेको थियो । रुपन्देही जिल्ला फुटवल संघले आजै एक कार्यक्रमको बिच बिजेता र उपबिजेता क्लबलाई पुरस्कार वितरण गरेको छ । बिजेता ईन्टरले नगद २० हजार , शिल्ड तथा प्रमाणपत्र तथा उपबिजेता लिस्नुले नगद १० हजार र प्रमाणपत्र पाएको छ ।

0 comments
तपाईंको प्रतिकृया