Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
प्याब्सन दिवसमा फलफुल वितरण

बुटवल, २४ पुस । निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपाल स्थापना भएको अवसर पारेर बुधबार विभिन्न कार्यक्रमहरु गरिएको छ ।
प्याब्सन रुपन्देहीले पनि बुधबार विबिध कार्यक्रम गरी प्याब्सन दिबस मनाएको छ । दिवसका अवसरमा प्याब्सन रुपन्देहीले भैरहवा स्थित भिम अस्पतालमा रहेका विरामीहरुलाई फलफुल बितरण गरेको गरेको छ ।
प्याब्सन रुपन्देहीका उपाध्यक्ष लेखनाथ पौडेलको अध्यक्षता तथा प्याब्सन नेपालका केन्द्रीय सल्लाहकार ज्ञानदेब हटुवालको प्रमुख आथित्यतामा एक समारोहकाबीच बिरामीहरुलाई फलफुल वितरण गरिएको हो । कार्यक्रममा भिम अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरीएको थियो । सो अवसरमा प्याव्सनका केन्द्रीय सदस्य लोकनाथ उपाध्याय , राजुशर्मा ढकाल , अनन्तराज शर्मा , बिएन शर्मालगायतले प्याब्सन दिवसको महत्वका बारेमा बोलेका थिए । सो अवसरमा हितमान पुन, बिष्णु पन्थी , ईन्द्र थापा , कमलराज शर्मा , यमबहादुर रसाईली , मातृका यादव , सारदा ज्ञवाली , कृष्णप्रसाद शर्मा , भोजराज पौडेल , राजेश घिमीरे , रामदेब यादव , राधा गुरुड. , भिम अस्पतलकी नरसिंह प्रमुख सरस्वती घिमीरे , बसन्त पाण्डेय , कार्यक्रम संयोजक तथा प्याब्सन कोषाध्यक्ष लक्ष्मण ज्ञवाली , सचिव महेश भुर्तेल , भिम अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मनोहर जोशी लगायतले बिरामीहरुलाई फलफुल बितरण गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया