Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मगरगुठको साधारण सभा

बुटवल, १० माघ । बुटवल देविनगर स्थित देविनगर प्रगतिनगर मगर गुठको चौथो साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।
  गुठका अध्यक्ष कृष्णबहादुर कु“वर मगरको अध्यक्षता, विरबहादुर गर्बुजामगरको स्वागत तथा सचिव मनोज रानामगरको संचालनमा भएको कार्यक्रममा प्रमुख अतिथि समाजसेवी माया गर्बुजामगरले गुठले मगर संस्कृतीको संरक्षण र प्रवद्र्धन गरेको बताईन ।
साधारण सभामा  नेपाल मगर संघ नगर समितिका अध्यक्ष क्या. किशनबहादुर थापामगर, सल्लाहकार नैनसिंह रानामगर, प्रमुख संरक्षक क्या. मानबहादुर रानामगर, क्या. लालबहादुर थापामगर, ज्ञानबहादुर रानामगर, फोनिजका आशिष सूर्यवंशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

साधारणसभाले गुठका कोषाध्यक्ष गोकर्ण केशव थापामगरले पेश गरेको ५२ लाख ३६ हजार बराबरको आर्थिक प्रतिवेदन तथा सचिवको प्रगति प्रतिवेदन र अध्यक्षको प्रतिवेदनलाई अनुमोदन गरेको छ ।  सो अवसरमा  देउसी भैलोबाट आर्थिक संकलनमा योगदान पुर्याएका गुठका कलाकार तथा बाजा समूहका कलाकारहरुलाई सम्मान गरिएको थियो ।

0 comments

तपाईंको प्रतिकृया