Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

किल्ला उत्खनन्: बुटवल ३ स्थित ऐतिहासिक जितगढी किल्लाको उत्खनन गरिदै । बुटवल नगरपालिकाको पहलमा पुरातत्व विभागले बुधवार देखी उत्खनन शुरु गरेको हो । यो सन १८१४मा कर्णेल उजिरसिंह थापाको कमाण्डमा खटिएको नेपाली सेनाले अंग्रेज फौजलाई परास्त गर्न सफल भएको एक मात्र किल्ला हो ।  पुरातत्वविद विष्णु प्रसाद पाठकले यस अघि उत्खनन् गरिएको स्थानको पुर्व र पश्चिम तर्फ करिव एक मिटर तथा पहिले उत्खनन गरिएको सतह सम्म (उत्तरतर्फ ) १ सय ८० सेन्टिमिटर गहिराई सम्म उत्खनन गरी शुरुङ माग भए नभएको पत्ता लगाउने जानकारी दिए । तस्वीर: रुद्रहरि कंवर / सुपरखवर डटकम

0 comments

तपाईंको प्रतिकृया