संसदीय दलको नेता बन्न सुशील र देउवाको उम्मेद्वारी
काडमाडौ ११ माघ। काँग्रेस संसदीय दलको नेता चयन गर्न आइतबार हुने निर्वाचनका लागि सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरवहादुर देउवाले उम्मेद्वारी दर्ता गरेका छन् ।
कोइरालाको उम्मेद्वारीमा प्रस्तावकमा आनन्द ढुंगाना रहेका छन् भने समर्थकमा फर्मूल्लाह मन्सुर छन् । उम्मेद्वारी दर्ता गर्ने समय ११ बजे शुरु भएकोमा साढे ११ बजे कोइरालाको उम्मेद्वारी परेको हो ।
यस्तै दलको नेताका लागि बरिष्ठ नेता देउवाका तर्फवाट केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले संसदीय दलको कार्यालय पुगेर दर्ता गराएका हुन् । देउवाको प्रस्तावकमा विमलेन्द्र निधि र समर्थकमा भिष्मराज आङदेम्बे रहेका छन् । उपसभापति रामचन्द्र पोडेलको भने अहिलेसम्म उम्मेद्वारी परेको छैन ।
समितिले उम्मेदवारी दर्ताका लागि तोकेको समय नजिकिँदै गर्दा शीर्ष नेतात्रयले छलफललाईतिब्रता दिएका छन ।
शनिवार विहान सभापति सुशील कोइरालाले संसदीय दलको नेतामा दाबेदारी प्रस्तुत गरिरहेका उपसभापति रामचन्द्र पौडेलसहित संस्थापन पक्षका नेताहरुसंग छलफल गरेका छन् । महाराजगञ्जस्थित निवासमा भएको छलफलमा सभापति कोइरालाले आफूलाई संसदीय दलको नेतामा सहयोग गर्न पौडेललाई आग्रह गरेका छन् ।

0 comments
तपाईंको प्रतिकृया