Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
वालवालिका सम्वन्धी २० बुदे घोषणपत्र जारी

बुटवल, २२ पुस । ‘बाल अधिकार सबैको सरोकार, नया“ संविधानमा सुनिस्चित बाल अधिकार’ भन्ने मूला नाराका दुई दिनदेखि बुटवलमा जारी  तेस्रो जिल्ला बाल भेला २० बुदे बाल घोषणापत्र जारी गर्दै सोमबार सम्पन्न भएको छ ।
भेलामा  जिल्ला शिक्षा कार्यालय लगायत जिल्लाका ६९ गाविस र दुई नगरपालिकामा
रहेका बाल क्लबको प्रतिनिधित्व रहेको थियो । घोषणापत्रले अधिकार सम्पन्न बाल अधिकार अयोगको स्थापना, नया“ संविधानमा बालअधिकारलाई मौलिक हकको रुपमा सुनिस्चित गनुपर्ने, बालबालिकाको आपतकालिन संरक्षणको व्यवस्था गरिनुपर्ने, शिक्षामा व्यापारीकरण अन्त्य गरी
उच्च माध्यामिक तहसम्म जिवनपयोगी व्यसायमूलक, सीपमूलक, गुणस्तरीय निशुल्क र
अनिवार्य शिक्षा लागू गनुपर्ने माग घोषणापत्रमा उल्लेख छ ।
भेलाले अजय मल्लाहको अध्यक्षतामा १५ सदस्यीय जिल्ला बाल सञ्जाल गठन गरेको छ । जसको उपाध्यक्षमा मुन्नीलाल नाउ, सचिवमा भावना पन्थ, सहसचिवमा सञ्जिव बस्याल, कोषाध्यक्षमा रिना परियार रहेका छन् । त्यस्तै सदस्यहरुमा चन्द्रसिरा कुहार, प्रेमसिला कुहार, सृर्जना राना, सरोज पन्थी, सागर घिमिरे, राधा थारु, सुस्मा अर्याल, बिरेन्द्रकुमार गुप्ता, देवीलाल यादव, र बिसान केसी रहेको नवनिर्वाचित अध्यक्ष अजय मल्लाहले जानकारी दिए । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद अधिकारीले बालबालिकाको सबै अधिकारी सुनिस्चित गर्न राज्यद्धारा नियमित प्रभावकारी अनुगमन सुनिस्ति गनुपर्ने बताए । कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका प्रमुख उषा रावल, जिल्ला बाल कल्याण कार्यालयकी अधिकृत राज्यलक्ष्मी गुप्ता लगायतले बोलेका थिए ।


0 comments

तपाईंको प्रतिकृया