Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
ऐतिहासिक मौलिक नेपाली चलचित्र झोलाको बिशेष च्यारिटि सो हुने

सामाजिक कथा वस्तुमा आधारित ऐतिहासिक मौलिक नेपाली चलचित्र झोलाको बिशेष च्यारिटि सो नेपालगञ्जमा हुने भएको छ । बासले यहि माघ १६ गते शहिद दिवसका दिन उक्त प्रदर्शनी गर्न लागेको हो ।

साहित्यकार कृष्ण धारावासीको लेखन र यादव कुमार भट्टराईको निर्देशनमा निर्मित झोलालाई इतिहासबोध भएको मार्मीक र अर्थपूर्ण फिल्मको रुपमा चर्चा गरिएको छ । नेपाली फिल्म इतिहासमै केहि उत्कृष्ट दृश्यहरु दिईएको चलचित्र झोला बागेश्वरी चलचित्र मन्दिर नेपालगञ्जमा बिशेष प्रदर्शनि गर्न थालिएको हो । सय बर्ष अघिको इतिहास सजिव र मार्मीक ढंगले उतार्न सफल चलचित्र झोला अहिले नेपाली चलचित्र जगतमा बिशेष चर्चा र समिक्षाको रुपमा उभिएको छ । झोलालाई नेपाली फिल्मको इतिहासको ऐनामा एउटा शक्तिशाली रुमालको रुपमा बुझिएको, जसले सधै झै जम्ने गरेको फोहोरी धुलो पुछ्ने साहस गरेको छ ।

सती प्रथाका बारेमा कलात्मक र ओजपूर्ण तरिकाले तयार गरिएको झोला चलचित्र हेर्नका लागी बासले
बिशेष व्यबस्था मिलाएको । उक्त अवसरका लागी सिमित सिट रहेकोले बासमा व्यबस्थान गरिएको टिकट बकिङ्ग गर्न अनुरोध समेत गरिएको छ । झोला ईन्टरनेशनलको सहभागीतामा मिडिया फर कल्चर प्रा.ली.को प्रस्तुतीमा उक्त चलचित्र निर्माण गरिएको हो ।

0 comments

तपाईंको प्रतिकृया