केरवानीको हिरक महोत्सव तयारी
बुुटवल १४ माघ– रुपन्देहीको देवदह खैरेनीमा अवस्थित केरवानी उच्च माविले बुधवार हिरक
महोत्सव मनाउने भएको छ ।
विद्यालयले ६० औं वसन्त पार गरेको अवसर पारेर विद्यालयले विशेष कार्यक्रमको आयोजना गरि हिरक महोत्सव मनाउने भएको हो । हिरक महोत्सवको शिक्षा मन्त्रीमाधव प्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा विद्यालयको हिरक स्मारिका विमोचन, हिरक स्मारकको अनावरण तथा चार कोठे विज्ञान भवनको उद्घाटन गर्ने कार्यक्रम छ । त्यस्तै उच्च
माध्यमिक शिक्षा परिषद्का सदस्य सचिव भिमलाल गुरुङ्गले विद्यालयको नव निर्मित प्रशासकिय भवनको उद्घाटनगर्ने समेत कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नमराज पुरीको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देहीका जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद अधिकारी, विद्यालयका प्रार्चाय मित्रलाल न्यौपाने, विद्यालय व्यवस्थापन समितिका सदस्य झिल्लु प्रसाद न्यौपाने, विद्यालय व्यवस्थापन समितिका पुर्व सदस्य जनकलाल पन्त लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा करिव ४ सय विद्यार्थीलाई १ लाख ६० हजार बरावरको छात्रवृत्ति वितरण गरिएको थियो । जस अन्र्तगत दलित ७१ जना, अपाङ्ग १ जना, एसएलसी छात्रवृत्ति ३ जना र छात्रा २ सय ८९ जनालाई छात्रवृत्ति वितरण गरेको विद्यालयले जनाएको छ । त्यसैगरी कार्यक्रममा विद्यालयकद्वारा आयोजित विभिन्न खेलकुदका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । हिरक महोत्सवको अवसरमा बुधवार विभिन्न प्रतियोगितात्मक सास्कृतीक कार्यक्रम समेत गर्ने जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया