नगरपालिका भित्र १६ सय घरपरिवारको छैन शौचालय
बुटवल, १० माघ । बुटवल नगरपालिका भित्र अझै १६ सय घरपरिवार शौचालयको पहुच वाहिर रहेका छन । खानेपानी डिभिजन कार्यालय योगीकुटीका ईन्जिनियर ध्रुव धितालले अहिले नगरको १६ सय घर परिवारमा शौचालन नभएको बताए । उनका अनुसार २०७० असार मसान्त सम्मको तथ्यांक अनुसार रुपन्देहीमा ५२ हजार २ सय ८१ अथवा ६९ प्रतिशत घरपरिवारमा आधारभूत सरसफाईमा पहुंचमा रहेका छन । यता बुटवलललाई सन २०१५ सम्ममा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने उदेश्यले खानेपानी, सरसफाई तथा स्वच्छता विषयक अभिमूखीकरण कार्यक्रम गरिएको छ ।
एम.वास सि. सि., बुटवल नगरपालिका र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीको संयुक्त आयोजनामा बुटवल १३मा अभिमुखिकरण कार्यक्रम भएको हो ।
बुटवल वडा नं. १३ का वडा सचिव प्रचण्डराज आचार्यको अध्यक्ष्ँता, टोल विकास संस्थाका संयोजक ज्योती अर्यालको स्वागत र सामाजिक परिचालक उषा थापाको संचालनमा सम्पन्न कार्यक्रममा खानेपानी डिभिजन कार्यालयका ईश्वरप्रसाद आचार्य, नहरपुर मा.वि.का प्रधानाध्यापाक धनिश्वर गौतम लगायतले बोलेका थिए । सरसफाई सम्बन्धी टेलिसिरियल समेत प्रदर्शन गरिएको सो कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, स्थानीय खानेपानी संस्था, स्थानीय संघ संस्था, टोलविकास समिति, विद्यालय लगायतको सहभागिता रहेको थियो ।

0 comments
तपाईंको प्रतिकृया