Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
रोट्याक्ट डाउन टाउनको १२ औ चाटर्स डे

वालकृष्ण पाण्डेको नेतृत्वमा नया कार्यसमिती चयन, डाइरेक्टरी विमोचन बुटवल १ माघ । रोट्याक्ट क्लव अफ बुटवल डाउन टाउनको १२ औ चाटर्स डे वुधवार मनाईएको छ । सो अवसरमा क्लवको डाइरेक्टरी विमोचन गर्नुको साथै वर्ष ०१४ ।१५को लागी वोर्ड फर्मेशन समेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी डि आर सि एम महेन्द्र ध्वजुले डाईरेक्ट्ी विमोचन गर्दै क्लवले सामजिक क्षेत्रमा लोकप्रियता हासिल गदै गएको बताए । समाजसेवामा लाग्न रोटरी तथा रोट्याक्ट क्लवले युवाहरुलाई प्रोत्साहन गरेको उनको भनाई छ । क्लवका कार्यवाहक अध्यक्ष बालकृष्ण पाण्डेको अध्यक्षता कार्यक्रम संयोजक जनकप्रसमद दमासे पौडेललको स्वागत तथा सचिव मधु भट्टराईको संचालनमा भएको कार्यक्रममा रोटरी क्लव अफ वुटवल डाउन टाउनका अध्यक्ष रविलाल पोख्रेल, संघका पुर्व अध्यक्ष गणेशचन्द्र पोख्रेल, जीवन प्रसाद अधिकारी, संस्थापक सदस्य राजु पौडेल लगाययतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसै विच क्लवको वर्ष ०१४ । १५को लागी नयां नेतृत्व चयन गरिएको छ । अध्यक्षमा वालकृष्ण पाण्डे, आई पि पिमा बावुराम वन्जाडे, इलेक्ट प्रेसिडेण्टमा जनक प्रसाद दमासे पौडेल,नोमिनी प्रेसिडेण्टमा तुल्सी प्रसाद आचार्य, भिपि फस्टमा गणेश प्रसाद पौडेल, भिपि सेकेण्डमा राजिव गौतम, थर्डमा अजित घताने, फोर्थमा भेषराज घिमिरे, सेक्रेटरीमा मधु भट्टराई, जोईन सेक्रेटरीमा विक्रम मल्ल, कोषाध्यक्षमा अर्जुन प्रसाद आचार्य, सह कोषाध्यक्षमा विमा ढकाल, सर्जेण्ट आम्स प्रथममा प्रकास भुसाल, सर्जेण्ट आम्स द्धितियमा प्रकासमणि अर्याल लगायत रहेका छन ।

0 comments

तपाईंको प्रतिकृया