Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

गुल्मी १७ माघ। गुल्मीको तम्घासका एक व्यापारीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
तम्घासमा मिठाई पसल चलाउँदै आएका अर्घाखाँचीको भगवती-५ घर भएका शिवलाल मरासिनीको गएराति मोटरसाइकल दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सदरमुकाम तम्घासमै व्यापार गर्ने एकजना व्यापारीको आमाको मृत्युमा समवेदना दिएर र्फकने क्रममा भगवती गाविस तारुभतेरा भन्ने स्थानमा लु२प ५७६२ नम्बरको मोटरसाइकल दुर्घटनामा परी मरासिनीको ज्यान गएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका शिवलाललाई जिल्ला अस्पताल तम्घास ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

0 comments

तपाईंको प्रतिकृया