पूर्ण लोकतान्त्रिक संबिधान बन्छ: रज्जाक
बुटवल २९ पुस । संबिधान सभाका सदस्य तथा नेपाली कांग्रेस रुपन्देहीका सभापति अव्दुल रज्जाकले कांग्रेसले लोकतन्त्रमा विश्वास गर्ने भएकाले लोकतान्त्रिक संबिधान बनाउन पहल गर्ने बताएका छन ।
उनले कांग्रेस लोकतन्त्र र स्वतन्त्रताका लागि स्थापित पार्टी पनि भएकाले उनले जस्तोसुकै समस्या सिर्जना भएपनि पूर्ण लोतान्त्रिक संबिधान बनाउने प्रतिवद्धता व्यक्त गरे ।
उनले लोकतान्त्रिक संबिधान बनेमात्र सबै धर्म संस्कृतिको संरक्षण तथा धर्म मान्ने अधिकार सुनिश्चित हुने भएकाले पनि लोकतान्त्रिक संबिधानका लागि कांग्रेसले अडान लिएको बताए ।
मुस्लिमहरुको धर्म गुरु पैगम्वर हरजत मोहम्मदको १४८८ औं जन्मोत्सवको अवसरमा बुटवल स्थित मदिना मदरसा मस्जिद प्रवन्ध परिषदले आयोजना गरेको कार्यक्रममा कांग्रेस नेता रज्जाकले यस्तो बताएका हुन ।
परिषदका अध्यक्ष मुनिर बक्सको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी बिमलबहादुर शाक्य, पूर्व अध्यक्षहरु जमाल मियाँ, एम के मियाँ, मदरसाका प्रिन्सीपल मौलान सज्जाद अहमद, मौलान गुलाम साविद लगायतले शुभकामना व्यक्त गरेका थिए ।
सोही अवसरमा रक्तदान पनि गरिएको थियो । रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको परिषदका सदस्य सफातुल्लाह रजाले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया