Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
जितगढीमा सरकारी चासो, स्थानीय आशावादी

अठार वर्ष पछि पुनः उत्खनन
रुद्रहरि कुंवर
बुुटवल ५ माघ
 ऐतिहासिक जितगढी किल्लाको उत्खनन् र संरक्षणमा सरकारी निकायले चासो दिएपछि स्थानिय आशावादी भएका छन । 
बुटवल नगरपालिकाको पहलमा पुरातत्व विभागले जितगढी किल्लामा रहेको भनिएको सुरुङमार्ग पत्ता लगाउन उत्खनन गर्ने भएपछि  एतिहासिक किल्ला संरक्षण र प्रवद्र्धन हुनेमा स्थानिय आशावादी भएका हुन ।  जितगढी किल्ला सन १८१४ मा नेपाल र अंग्रेजबीच युद्ध भएको बेला कर्णेल उजिरसिंह थापा नेतृत्वको सेनाले यस किल्लालाई रणभूमि बनाएर अंग्रेज फौजलाई हराएको किल्ला हो । 
बुटवल नगरपालिका वडा नम्बर ३ तिनाउ नदी किनारमा रहेको उक्त एतिहासिक किल्ला सरसफाई र संरक्षणमा स्थानियवासी तथा यहा“का संघ संस्थाहरुले चासो दिएका थिए ।
स्थानिय राजेन्द अग्रहरी विगतमा नगरपालिकाले किल्ला संरक्षण र सरसफाईमा चासो नदिए पनि पछिल्लो समयमा चासो दिएकोमा किल्लाले मुहार फेर्ने आशा गर्छन । उनि भन्छन–वाल लगाउने र सरसफाईमा नगरपालिकाले चासो दिएको छ । हामीलाई आशा छ अव यो किल्लाको संरक्षण हुन्छ ।’  स्थानियवासी संघ संस्थासंग समन्वय गरेर वुटवल नगरपालिकाले किल्लाको संरक्षण पहल शुरु गरेको हो । जितगढी किल्लाको उत्खनन गरी अझै व्यापक रुपमा प्रचार प्रसार र प्रवद्र्धनको लागी पुरातत्व विभागलाई अनुरोध गरी उत्खनन गर्न लागीएको वुटवल नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत बाबुराम गौतमले जानकारी दिए । जितगढीलाई पर्यटकीय र पुरातात्त्विक स्थलका रुपमा विकास गरिने योजनाको साथ उत्खनन गर्न लागिएको उनले बताए ।  उनले स्थानियवासीसंग समन्वय गरी जितगढी किल्लाको संरक्षण गर्न लागिएको बताए ।  उनका अनुसार यसै साता देखी उत्खनन कार्य शुरु हुने छ । 
यस अघि पनि  जितगढी किल्लाको उत्खनन गरिएको थियो । वि सं २०५१ मा गरिएको थियो । उत्खनन कार्यलाई निरन्तरता दिन नसक्दा सुरुङ माग भए नभएको पत्ता लाग्न सकेको छैन । स्थानिय पाकापुस्ता फूलवारी सम्म जाने सुरुङ भएको बताउछन । मणिमुकुन्द सेन पार्कमा मणिमुकुन्द सेनको सितकालिन दरवारको भग्नावेश रहेको छ । १८ वर्ष अघि गरिएको उत्खनन गर्दा सुरुङ हुन सक्ने सम्भावना देखिएको थियो । राष्ट्यि अभिलेखालयको प्रमुख तथा  पुरातत्वविद प्रकाश दर्नालले शुरुङ हुन सक्ने सम्भावना भएको  बताए ।  उनले भने– उत्खनन गर्न धेरै समय लाग्छ ,हतार मा गरेर हुदैन  वास्तविकता केहो उत्खनन पनि थाहा हुन्छ ।’  पुरातत्व विभागका पुरातत्वविद विष्णु पाठकले माघ १० गते देखी उत्खननको काम शुरु गर्न सकिने बताए । विभागको टोली यस अघि नै किल्लाका उत्खननको लागी आएको थियो । मजदुर नपाएपछि उक्त टोली कपिलवस्तुको तिलौराकोटमा उत्खननको लागी गएको हो ।
कर्णेल उजिरसिह थापाको कमाण्डमा खटिएको नेपाली सेनाले अंग्रेज फौजलाई हराएको नेपालको एतिहासिक स्थलको प्रवद्र्धन भएमा पर्यटक भित्राउन सकिने सम्भावना छ । यहाका राजनितीक दल  पनि लुम्विनीसंग जोडेर एतिहासिक किल्लाको प्रचार प्रसार गरी पर्यटक भित्राउने सकिने वताउ“छन ।  पुर्व मेयर तथा पुर्व सभासद सुर्य प्रसाद प्रधान पुरातात्वीक महत्व राख्ने एतिहासिक किल्लाको संरक्षणको लागी सरकारी तथा राजनितीदल र स्थानियको समन्वय र सहकार्य अनिवार्य भएको वताउ“छन  । 

0 comments

तपाईंको प्रतिकृया