Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
शिद्धवावा क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न अभियान

रुद्रहरि कुंवर
बुटवल २२ पुस–

मानवजातिको पुर्खा रामापिथेकसको अवशेष वंगारा फेला पारेको शिद्धवावा क्षेत्रको विकासको लागी  अभियान नै संचालन गरिने भएको छ ।
 प्राग एतिहासिक क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपम विकास गर्न  शिद्धबावा मन्दिर विकास समिती दोधान –५ पाल्पा र शिद्धबावाधाम विकास समिती बुटवल –५ रुपन्देहीले संयुक्त रुपमा अभियान नै संचालन गर्न लागेका हुन ।
शिद्धबावाधाम विकास समितीका अध्यक्ष  लकुश कुमार श्रेष्ठले शिद्धवावा क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना वनाएर अभियान नै संचालन गर्न लागेको जानकारी दिए । उनले वित्रहरुको सुझाव संकलन गरी गुरुयोजना तयार गर्न लागिएको बताए ।
उनले राष्ट्यि महत्व राख्ने एतिहासिक स्थलको प्रचार प्रसारमा राज्यवाट पर्याप्त ध्यान दिन नसकेकको बताउदै उनले निजी क्षेत्रवाट पहल कदमी आवश्यक रहेको बताए ।
पाल्पा र रुपन्देहीको सिमा क्षेत्रमा पर्ने शिद्धवावा क्षेत्रको विकास र प्रचार प्रसार गर्ने उदेश्यले निर्माण गर्न लागीएको रामापिथेकस पार्क  २०५६ सालमा आएको पहिरो भत्काईदिएको थियो । उक्त पार्क पुन निर्माण थालिएको छ । शिद्धवावा क्षेत्रको प्राकृतिक वातावरणलाई कायम राख्दै प्राग एतिहासिक धरोहरको पर्यटकिए स्थलको रुपमा विकास गर्न दोश्रो चरणको गुरुयोजना बनाउन लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
शिद्धबावा मन्दिर विकास समिती दोधान –५ पाल्पाका अध्यक्ष बुद्ध बस्नेतले दुवै समितीले संयुक्त रुपमा शिद्धवावा क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न लागेको बताए । उनले मानवजातिको पुर्खा रामापिथेकसको अवशेष वंगारा फेला परेको स्थान वारीपट्टी वगैचा वनाउन लागीएको वताउदै गुरुयोजना वनाएर विकास थालिने जानकारी दिए । 
दोभान गाविस वडा नं ७ शिद्धवावा मन्दिर देखी उत्तरमा पर्ने तिनाउ नदिको विद्युत वाधदेखी करिव ९० मिटर माथि पश्चिमतिरको पहरोमा रामापिथेकसको वंगरा भेटिएको थियो । उक्त दात हाल प्राकृतिक वित्रान संग्राहलय स्वयम्भुमा राखिएको छ  ।
मानव विकासको क्रममा पिथेकस स्टेवको चरणमा नर –वानरको अवस्थामा करिव १ करोड १० लाख वर्ष पुरानो दुर्लभ जीवको अवशेष भेटिएको ठाउको प्रचार प्रसार नहुनु दुर्भाग्य भएको वताउ“छन  प्रा।डा। सुर्य जिसी । उनि भन्छन– यो केन्द्रवाटै ओझेलमा परेको छ । राष्ट्यि महत्वको विषय ओझेलमा पारिनु विडम्वना नै हो ।’
दोभान एकिकृत पर्यटन विकास समितीका अध्यक्ष  दल वहादुर गुरुङले शिद्धवावा क्षेत्र धार्मिक पर्यटकिय क्षेत्रमा विकास गर्न सकिने सम्भावन वढि रहेको वताए । लुम्विनी आउने पर्यटकलाई एतिहासिक स्थल शिद्धवावा धामको अवलोकन गराउन सकिने जसवाट पाल्पा र वुटवलले फाईदा लिन सक्ने बताए । डकुमेन्टी बोसियर तथा सुचना डेक्स स्थापना गरेर उक्त क्षेत्रलाई प्रचार प्रसार गर्न सकिने उनले बताए ।
भौगोलिक अवस्था र वनकोे पर्यावरणिय अवस्थालाई ध्यान दिएर गुरुयोजना वनाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने इलाका वन कार्यालयका सहायक वन अधिकृत गोकुल रिजालले वताउछन । शिद्धवावा क्षेत्रमा दुई धार्मिक वन समेत रहेका छन । वातावरण संरक्षण हुने गरी जैविक विविधतालाई कायम राख्नु पर्ने उनको सुझाव छ ।

0 comments

तपाईंको प्रतिकृया