उद्घाटन खेलमा डिएमसि बिजयी
बुटवल, ३ माघ – जिल्ला फुटवल संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि बुटवलमा जिल्ला स्तरिय रेड बुल लिग फुटवल प्रतियोगिता—२०७० शुरु भएको छ । बुटवल १३ देबिनगर स्थित एन्फा एकेडेमीको खेल मैदानमा भएको उद्घाटन खेलमा ३—२ को गोल अन्तरले डिएमसि बिजयी भयो । डएमसिले लुम्बिनी स्पोट्सलाइ पराजित गरेको हो ।
खेलको उद्घाटन गर्दै जिल्ला फुटवल संघका अध्यक्ष दीर्घ बहादुर केसीले रुपन्देहीमा फुटवलको राम्रो सम्भाबना रहेको भन्दै खेललाइ ब्यस्थित गर्नका लागि निरन्तर लागिरहने बताए ।
जिल्ला फुटवल संघ अन्तर्गत रहेका १८ क्लव मध्ये १७ वटा क्लवले लिगमा सहभागिता जनाएका छन् । माघ २२ गतेसम्म संचालन हुने खेलको बिजेता क्लवले क्षेत्रिय लिगमा प्रतिस्प्रर्धा गर्ने मौका पाउने छ भने जिल्लाले खेललाई प्रोत्साहनका लागि बिजेतालाइ नगद २० हजार तथा प्रमाणपत्रको ब्यबस्था गरेको छ । त्यस्तै उपबिजेतालाई नगद १० हजार र प्रमाणपत्र दिइने फुटवल संघका महासचिब लोक पुनले बताउनुभयो । जिल्ला लिगमा सहभागि क्लवहरुलाई चार समूहमा बिभाजन गरि खेलाइनेछ ।
लिगमा डिएमसि, लुम्बिनी स्पोट्स, झरना, रिकोभरी, नवयुवा, क्रिस्टिन, लिस्नु, सिम्रीक, माछापुच्छ्रे, गोर्खा ब्वाइज, सुनौलो संगम, अमर ज्योति, कालिका, इन्टर स्पोट्स, भू.पू शैनिक, सयपत्री, सौभाग्यले सहभागिता जनाएका छन् । यस अघिको जिल्ला लिगमा सिम्रिक बिजेता तथा लिस्नु उपबिजेता बनेको थियो ।

0 comments
तपाईंको प्रतिकृया