पोशाक बाहेक न्यानो कपडा लगाउन छुट दिन माग
बुटवल २३ पुस शित लहरले गर्दा विद्यार्थीका पोशाक धुदा पनि नसुक्ने र विद्यालयले आउट पोशाक लगाउन नदिदा विद्यार्थीलाई चिसोले समस्या पारेको अविभावहरुले बताएका छन । अभिभावक संघ रुपन्देहीले शितलहरअवधी भर अनिवार्य पोसाक वाहेक अन्य जाडोको कपडा लगाउन स्वीकृती दिन विद्यालयहरुसंग आग्रह गरेको हो । संघका अध्यक्ष लोकनाथ ज्ञवालीले एक विज्ञप्ति जारी गदै चिसो मौसम अवधीमा जिल्लामा संचालित सरकारी तथा नीजि विद्यालयको दश जोड दुईसम्मका विद्यालयले विद्याथीलाई भित्रबाट विद्यालयको पोशाक लगाए पनि बाहिरबाट आउट कपडा लगाउन दिने व्यवस्था मिलाउन आग्रह गर्नु गरेका छन । भित्रवाट विद्यालयले तय गरेको पोशाक लगाउने र वाहिरवाट न्यानो आउट पोशाक लगाउन दिन सबै विद्यालयहरुलाई अध्यक्ष ज्ञवालीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसै बीच रुपन्देहीका जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद अधिकारीद्धारा जारी विज्ञप्तिमा शितलहर अवधी भर अन्य न्यानो कपडाहरु लगाउन छुट दिनु हुन आग्रह गरेका छन । शित लहरका कारण बिद्यालयमा अध्ययनरत वालवालिकाहरुलाई बिद्यालयमा तोकिएको पोशाकले मात्र अत्याधिक जाडो भई स्वास्थ्यमा प्रतिकुल असर पर्न गएको भनी विभिन्न क्षेत्रवाट गुनासाहरु प््रााप्त भएको हुदा शितलहर अवधी भर अन्य न्यानो कपडाहरु लगाउन छुट दिनु हुन र जाडो अवधीमा गर्नु पर्ने पुर्व सावधानीहरु समेत अपनाउनु हुन सम्पुर्ण बिद्यालयहरुलाई यो प्रेस विज्ञप्ती मार्फत अनुरोध गरेका हुन ।

0 comments
तपाईंको प्रतिकृया