माघे संक्रान्ति मनाइँदै
बुटवल १ माघ : घिउ, चाकु र तरुल लगायतका परिकार खाएर आज माघे संक्रान्ति पर्व मनाईदै छ । आजदेखि सुर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले आजको दिनलाई मकर संक्रान्तिका रुपले पनि चिनिन्छ ।
माघे संक्रान्तिको अवसरमा गुल्मी र पाल्पाको सिमानामा पर्ने रुरु, तनहुँको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बदिर्याको ठाकुरद्धारा लगायतका स्थानमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । ती स्थानमा हिजो राति नै जाग्राम बसेर दर्शनार्थीले पाठपूजा गरेका थिए । आजको दिन पारिवारिक सदस्य, आफन्त तथा साथीभाई सँगै बसेर गए राति नै पकाइएको तरुल, सेलरोटी, चाकु, लड्डु तथा घिउ लगायतका मीठामीठा परिकार खाएर रमाइलो गर्ने चलन छ । विशेषगरी घिउ र चाकु खाने भएकाले नेपालभाषामा “घिउ, चाकु सँल्हु” भनिने यस पर्वमा उपत्यकाका तीन सहरमा खिचडीका साथै “यलय् पलः ९पाटने पालुङग०” भनिने एक प्रकारको लामो खालको पालुङग खाने चलन छ । थारु, मगर र छन्त्याल समुदायले भने नयाँ वर्षको रुपमा माघी पर्व धुमधामसँग मनाउँदैछन् । पश्चिम तराइका दाङ, बाँके, बर्दिया र कैलाली लगायतका जिल्लामा माघीको विशेष रौनक छाएको छ । यसैबीच, माघे संक्रन्ति तथा माघी पर्वको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति डा। रामवरण यादवले यस्ता पर्वले संस्कृतिलाई बचाएर मुलुकको राष्ट्रिय एकतालाई कायम राख्न उर्जा प्रदान गर्ने बताएका छन् ।

0 comments
तपाईंको प्रतिकृया