डेरी व्यवसायीको साधारणसभा
बुटवल, ३० पुस । सामाजिक र आर्थिक रुपान्तरणमा डेरी व्यवसायीले महत्वपूर्ण योगदान पु¥याउदै आएको एक कार्यक्रमका सहभागीले बताएका छन् । रुपन्देही डेरी व्यवसायी समितिको मंगललबार बुटवलमा सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनमा सहभागी वक्ताहरुले राज्यको तीन खम्बे अर्थ नीतिको अवधारणलाई साना डेरीहरुले पूर्णरस पालना गरेको बताएका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला दूग्ध उत्पादक सहकारी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डेले युवा स्वरोजगारको कार्यक्रमलाई डेरी व्यवसायीहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पु¥याएको उल्लेख गरे । उनले साना डेरी व्यवसायीहरुको मूल्यमा एकरुपता नभएको चर्चा गर्दै मूल्यमा एकरुपता ल्याउन व्यवसायीहरु संगठित हुनुपर्नेमा जोड दिए । समितिका अध्यक्ष भुवनेश्वर भण्डारीले सहकारीहरुबाट डेरी व्यवसायीहरु ठगिदै आएको बताए । उनले ठूला डेरीहरुले गुणस्तरका आधारमा दूध खरिद गर्ने गरेको भए पनि साना डेरीहरुले जस्तोसुकै दूधको पनि एउटै रकम तिनुपर्ने बाध्यता रहेकोले गुणस्तरको आधारमा दूधको मूल्य निर्धारण गर्न आग्रह गरे । समितिका सदस्य कृष्णप्रसाद भट्टराईले सहकारीहरुले बाहिरी जिल्लामा दूध पठाएर साना डेरीहरुलाई समस्यामा पारेको बताए ।
समितिका अध्यक्ष भुवनेश्वर न्यौपानेको अध्यक्षता उपाध्यक्ष अमृत भण्डारीको स्वागत तथा सचिव नेत्र पाठकको सञ्चालनमा सम्पन्न कार्यक्रममा पत्रकार दामोदर खनाल, सदस्य प्रेमप्रसाद पौडेल, हवाइट हिमालयन इन्जिनियरिङका व्यवस्थापक तिलक शर्मा लगायतले बोलेका थिए ।

0 comments
तपाईंको प्रतिकृया