Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
५ सय ७० सभासदले सपथ खाए

काठमाडौं ७ माघ । संविधान सभा सदस्यको निर्वाचनवाट निर्वाचित भएका जनप्रतिनिधिहरुले  मंगलवार सपथ ग्रहण गरेका छन ।  ५ सय ७० सभासदले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका  हुन । ५ जना सभाषद सपथ ग्रहणमा उपस्थित भएनन । संविधान सभाले पुर्णता पाएको छैन । सरकारद्धारा नियुक्त गरीने २६ जना सभासदको नियुक्ति हुन वाकी नै छ ।
दिउँसो १२ बजे संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले सभासदहरुलाई सपथ खुवाए ।सपथ ग्रहणका क्रममा विभिन्न दलका नेताहरु कोही दौरा सुरुवाल र गुन्यू चोलीमा सजिएर आएका थिए भने कोही  सुटमा त कोही नेपाली संस्कृति झल्किने आफ्नै मौलिक पोशाकमा संविधानसभामा आएका थिए ।
 संविधानसभा भवनमा ५ सय ७० सभासदले मंगलबार सपथ ग्रहण गरेपछि मुलुक संवैधानिक निकासको बाटोतर्फ उन्मुख भएको छ ।

0 comments

तपाईंको प्रतिकृया