पुस्तक व्यवसायी संघ पाल्पाको अधिवेशन
अध्यक्षमा तिमिल्सेना , उपाध्यक्षमा अर्याल, सचिवमा भट्टराई,
पाल्पा, ११ माघ – नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ पाल्पाको दोस्रो जिल्ला अधिवेशनले कमलराज तिमिल्सेनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा शंकरप्रसाद अर्याल, सचिवमा किशोर भट्टराई, सहसचिवमा ज्ञानसागर शाक्य, कोषाध्यक्षमा रामप्रसाद पन्थी रहेका छन ।
यसैगरी सदस्यहरुमा विष्णप्रसाद खनाल, हुमलाल ढकाल, गणेश घिमिरे, शान्ता वोहोरा चयन भएका छन । २ जना पछि थप गर्ने निर्णय भएको नवनिर्वाचित सदस्य विष्णु खनालले जानकारी दिए । यसैगरी सल्लाहकारमा केदारलाल शाक्य, नरेशचन्द्र भट्टराई, राजेन्द्र लिगल, हरी पाठक र ओमवहादुर घर्तिमगर रहेका छन ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष हरी अर्यालले अव अरु व्यवसायी जस्तै पुस्तक व्यवसायी पनि एक हुनुपर्ने वेला आएको बताए । अस्वस्थ प्रतिस्पर्धाले व्यवसायी नै कमजोरी बन्दै गएको बताउदैै अर्यालले व्यवसायलाई प्रभावकारी बनाउनको लागि एकरुपताको आवश्यकता रहेकोमा जोड दिए ।
कार्यक्रममा महासंघका केन्द्रिय सदस्य हेमानन्द शर्मा, ज्ञानसागर शाक्य लगायतले व्यवसायलाई दिगो र जिवनमुखी बनाउनको लागि अव सबै व्यवसायी अस्वस्थ प्रतिस्पर्धाबाट सचेत हुनुपर्ने बताए । अध्यक्ष केदारलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष नरेशचन्द्र भट्टराई र सञ्चालन सचिव कमलराज तिमिल्सेनाले गरेका थिए ।

0 comments
तपाईंको प्रतिकृया