Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
त्रिविद्वारा डिन डा. शर्मा बर्खास्त

काठमाडौं, ८ माघ  । त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पताल चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा शशी शर्मालाई बर्खास्त गरेको छ ।
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको निर्देशनपछि त्रिविले शर्मालाई बर्खास्त गरेको हो । शर्मालाई डिनमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न रेग्मीले मंगलबार निर्देशन दिएका थिए ।
त्रिविका अदाधिकारीहरुले शर्मालाई बर्खास्ती गरेको ब्यहोराको पत्र रेग्मीलाई बुझाइसकेका छन् ।शर्मालाई बर्खाष्त गरेको पत्र रेग्मीलाई उपकुलपतिका सहयोगी राजु श्रेष्ठ र ईश्वरमान महर्जनले बालुवाटार पुगेर बुझाएका थिए ।१२ दिनयता आमरण अनसनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीले शर्माको राजीनामा नआएसम्म अनसन नतोड्ने बताउँदै आएका थिए । उनको अनसनको समर्थनमा देशभरको अस्पतालहरु ठप्प छन् ।केसीको समर्थनमा नेपाल चिकित्सक संघको आह्वानमा देशभरको अस्पताल ठप्प बनाउदै चिकित्सहरुहरु आन्दोलित भएका हुन् ।

0 comments

तपाईंको प्रतिकृया