Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘निर्वाचनपछि मुलुक नयाँ दिशामा’

बुटवल, ४ माघ ।  गृह तथा परराष्ट्रमन्त्री माधव घिमिरेले निर्वाचनपछि मुलुक नयाँ दिशामा अघि बढेको बताएका छन ।
शनिबार रुपन्देही व्यापार संघको १२ औं साधारण सभा एवं ७ औं अधिवेशनको बुटवलमा उद्घाटन गर्दै मन्त्री घिमिरेले एक वर्षभित्र संविधान बनाउने दलहरुले गरेको प्रतिवद्धता पूरा गर्न आग्रह समेत गरे ।
मन्त्री घिमिरेले देश अब आर्थिक समृद्दिको दिशामा अघि बढ्नुपर्ने र त्यसका लागि हरेक क्षेत्रमा सन्तुलित ढंगबाट समूचित विकासको खाँचो रहेको बताए ।  निर्वाचन गराउने महŒवपूर्ण जिम्मेवारीका साथै मुलुकमा सुशासन र आर्थिक व्यवस्थापनमा समेत यो सरकारले सफलता हासिल गरेको बताउँदै मन्त्री घिमिरेले अब वन्ने सरकारले समेत अहिलेको सरकारले लिएको महत्वपूर्ण नीतिलाई अंगिकार गर्नेमा आफूहरु आशावादी रहेको बताए ।
नेकपा एमालेका सचिव एवं संविधानसभाका सदस्य विष्णु पौडेलले एमालेका लागि सरकार गौण विषय भएको भन्दै संविधान निर्माणमा एमालेले महत्वपूर्ण भूमिका खेल्ने जनाए ।
संघका अध्यक्ष टंक पोखरेलको अध्यक्षतामा संघका महासचिव यमलाल लोहनीको सञ्चालनमा भएको कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य छविलाल विक, संविधानसभा सदस्य आदित्यनारायण कसौधन, पूर्व सांसद सूर्यप्रसाद प्रधान, नेपाल औषधी व्यवसायी महासंघका अध्यक्ष वावुराम भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिपक ज्ञवाली, एकीकृत नेकपा माओवादीका प्रतिनिधि प्रेम गुरुङ, नेकपा –माओवादीका प्रतिनिधि शरद ओली, संघका पूर्वअध्यक्ष शंकर भट्टराई, वरिष्ठ उपाध्यक्ष श्रीकृष्ण पोखरेल लगायतले धारणा राखेका थिए । सो अवसरमा पत्रकार हरिष ढकाल र लक्ष्मण पोखरेललाई पुरस्कृत गरिएको थियो भने संघका तर्फबाट गरिएको मेलाबाट बुटवल मण्डप निर्माणका लागि संकलित रकम बुटवल नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।

0 comments

तपाईंको प्रतिकृया