Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
चरिदादाले दिए प्रशिक्षण

 बुटवल,२४ पुस – चरि दादा भनेर निचिने गौतम सापकोटाले बुटवल ८ मा रहेको तिलोत्तमा माध्यमिक बिद्यालयमा चराको विषयमा प्रशिक्षण दिएका छन ।
 गिनीज बुक अफ द वल्ड रेकर्णमा नाम लेखाउन सफल कलाकार चरी दादा अर्थात् गौतम सापकोटाले बिद्यालयका बिद्यार्थिहरुलाइ चराको आवाज,उनिहरुको बानी,चराको प्रकार सम्बन्धमा प्रशिक्षण दिएका हुन ।
स्वर्ण महोत्सवको पुर्वसन्ध्यामा आयोजित उक्त कार्यक्रमका  चरी दादाले संसारमा ४० हजार चराहरु रहेको र नेपालमा ८ सय ८१ प्रजातिका चरा रहेको बताए । उनले  सरकारले चरा संरक्षणका लागि पहल थाल्नुपर्नेमा जोडदिए ।
स्वर्ण महोत्सव मूल समारोह समितिका अध्यक्ष चित्रमान गौचनको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक बाबुराम बिश्वकर्मा,स्मारिका प्रकाशन समितिका सहसंयोजक मनोज भट्टराइ लगायतले बोल्नुभएको थियो । माघ १ देखि ७ गते सम्म स्वर्ण महोत्सव मनाउने तयारी थालेको बिद्यालयले स्वर्ण दार निर्माणलाइ तिब्रता दिएको छ । स्वर्णद्वारमा ५ हजार भन्दा धेरै रकम प्रदान गर्नेको नाम सो द्वारमा उल्लेख गरिने भएकाले सहयोग गर्न बिद्यालयले सबैलाइ आग्रह गरेको छ ।

0 comments

तपाईंको प्रतिकृया