मिस बुटवलको अडिसन तयारी पुरा
बुटवल, २३ पुस । वौद्धिक क्षमता प्रदर्शन सहितको सौन्दर्य प्रतियोगिता मिस बुटवल २०७०’ को अडिसनको तयारी पुरा भएको छ ।
आयोजक संस्था बुटवल फेसन डटकम र एस अर एस प्रालिले पुस २५ गते हुने अडिसनको तयारी पुरा भएको जानकारी दिएका हुन् । प्रतियोगितामा बुटवल, भैरहवा लगायत आसपासका तीन दर्जन बढी किशोरी र युवतीले सहभागिता जनाएको आयोजक संस्थाका सिजन हितानले जानकारी दिए ।
अडिसनमा छनोट भएका युवतीहरुलाई प्रस्तुति कला, व्यक्तित्व र नेतृत्व विकास क्षमता, क्याटवाक लगायतका विषयमा दुईहप्तासम्म प्रशिक्षण दिएपछि माघ २० गते फाइनलमा उतारिने एस अर एस प्रालि कार्यकारी निर्देशक अमृत बन्जाडेले बताए । कोरियोग्राफार मिस तमुस्यो २०१३ विजेता डोग्गा तमुस्योले प्रशिक्षण दिने प्रतियोगिताको फाइनल राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति माझ माघ २० गते हुने आयोजकले जनाए । प्रतियोगिताको विजेताले २५ हजार,उपविजेताले १५ र तेस्रो हुनेले १० हजार नगद पुरस्कार सहित म्युजिक भिडियोमा खेल्न पाउने अवसर समेत पाउने आयोजकले बताए । प्रतियोगितामा सहभागीहरु कम्तीमा ५ फिट उचाई र प्लस टु अध्ययनरत हुनुपर्ने प्रावधान छ ।

0 comments
तपाईंको प्रतिकृया