Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बैठकसम्वन्धी मुद्दा विशेष इजलासमा

काठमाडौं, २३ पुस, । सर्वोच्च अदालतले मन्त्रिपरिषद् अध्यक्षले नै संविधानसभा बैठक आहृवान गर्नु पर्ने माग गर्दै दायर रिट विशेष इजलासमा पठाएको छ ।
 राष्ट्रपतिले आहृवान गर्नु पर्ने भन्दै परेको रिटमा भने सर्वोच्चको अर्को इजलासले लिखित जवाफ माग्दै अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे दुबै पक्षलाई बोलाएर २४ गते सुनुवाईको मिति तोकिसकेको छ ।साथै अन्तरिम आदेश जारी किन नगर्ने भन्दै २९ गतेभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाउ ओदश जारी गरेको छ ।
मन्त्रिपरिषद् अध्यक्षले नै संविधानसभाको पहिलो बैठक आहृवान गर्नु पर्ने माग गर्दै मुकुन्द अधिकारीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश प्रकाश वस्तीको इजलासले निवेदनको माग बमोजिम किन अन्तरिम आदेश जारी नगर्ने भन्दै २९ गते वा सो अगावै लिखित जवाफ पेश गर्न मन्त्रिपरिषद्सहितका विपक्षीका नाममा कारण देखाउ ओदश जारी गरेको हो । आदेशमा निर्वाचन परिणाम घोषणा भएको २१ दिनभित्र संविधानसभा बैठक आहृवान गरिसक्नु पर्ने भएकाले २९ गते नै पूर्ण सुनुवाईका लागि पेश गर्न भनिएको छ ।

0 comments

तपाईंको प्रतिकृया