Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
चाउमिन तथा सस उद्योगमा ७० करोड रुपैया लगानी

बुटवल १८ पुस– ताजा चाउमिन तथा सस उद्योग व्यवसयी महासंघ नेपालको दोश्रो वार्षिक साधारणसभा बुटवलमा हुने भएको छ ।
पुस २० गते सनिवार बुटवलमा साधारणसभा हुन लागेको हो । महासंघले विहिवार वुटवलमा पत्रकार सम्मेलन गरी साधारणसभाको तयारी गरिएको  जनाएको हो । महासंघका अध्यक्ष प्रेमलाल पाण्डेले व्यवसायीहरुको समस्या समाधान गर्दै हकहितको लागी महासंघको स्थापना भएको बताए । साधारणसभामा मुलुकभरका करिव २ सय व्यवसायी सहभागी हुने उनले वताए ।
महासंघले ४५ जिल्लामा आफ्नो संजाल विस्तार गरेको छ । कार्यक्रम संयोजक तथा महासंघका उपाध्यक्ष चन्द्रवहादुर रोकाले महासंघमा करिव २ सय ७० चाउमिन उद्योग तथा १ सय ४० सस उद्योग रहेका छन । ति उद्योगमा करिव ७० करोड रुपैया लगानी भएको बताईएको छ । महासंघका महासचिव भानुभक्त भण्डारीले कच्चा पदार्थमा वढ्दो महगी उर्जा संकट र दक्ष जनशक्तिको अभाववाट चाउमिन तथा सस उद्योग पनि अछुतो नरहेको बताए । महासंघका कोषाध्यक्ष भुमिश्वर पौडेलले राज्य स्तरवाट पाउुनपर्ने सुविधा लगायतको विषयमा महासंघले आवाज उठाई रहेको बताउदै साधारणसभामा पनि उद्योगीहरुको समस्याको विषयमा छलफल गरिने जानकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया