Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सकियो औद्योगिक व्यापार तथा कृषी मेला

१५ करोडको कारोवार
बुुटवल २१ पुस– ‘लगानी लुम्विनीमा संम्वृद्धि देशमा भन्ने नाराको साथ वुटवलमा पुस ९ गतेदेखी शुरु भएको पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यापार तथा कृषी मेला आईतवार समापन भएको छ ।
बुटवल उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भएको मेलाको राष्ट्पति डा रामवरण यादवले उद्घाटन गरेका थिए ।
कृषी, अटो,आईटी हस्तकला कृषी लगायतका ५ सय ४० स्टल रहेको उक्त महोत्सवमा लक्ष्य अनुसार नै दर्शकले मेला अवलोकन गरेको आयोजकले जनाएका छन ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले मेला सफलता पुर्व सम्पन्न भएको बताउदै ५ लाख दर्शकले मेला अवलोकन गरेको तथा १५ करोडको कारोवार भएको जानकारी दिए । उनले मेला सम्पन्न गर्न सहयोग पुराउने सवैलाई धन्यवाद समेत ज्ञापन गरेका छन । समापन कार्यक्रममा उत्कृष्ट स्टल तथा उद्योगीलाई सम्मान गरिएको थियो । 
समापन कार्यक्रममा नव निर्वाचित सभा सद तथा नेपाली कांग्रेसका नेता वालकृष्ण खाडले मेला महोत्सवले व्यापार प्रवद्र्धनमात्र होईन व्यावसा तथा उद्योग संचालन सम्वन्धमा ज्ञान पनि प्रदान गरेको वताए ।

0 comments

तपाईंको प्रतिकृया