Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
राष्ट्रिय तक्वान्दोमा सेनाको टिम च्याम्पियन

कमल रायमाझी
भैरहवा
१५ माघ।
 नेपाली सेनाले स्पाईरींग र  मध्यमाञ्चलले पुम्सेतर्फ १२औं राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बुधबार टिम च्याम्पियनको उपाधि हात पारेका छन् ।
नेपाली सेनाले स्पाईरींगमा  ११ स्वर्ण, २ रजत र १ काँस्य हात पार्दै टिम च्याम्पियन भएको हो भने दोस्रो स्थानमा रहेको नेपाल प्रहरीले ३ स्वर्ण, ५ रजत र ४ काँस्य तथा तेस्रो स्थानमा रहेको सशस्त्र १ स्वर्ण, २ रजत र ७ काँस्य जितेको छ ।
 पुम्सेतर्फबाट भने मध्यमाञ्चलले टिम च्याम्पियनको उपाधि जितेको छ । उसले ५ स्वर्ण २ रजत र ६ काँस्य हात पारेको थियो ।

बुधबार सम्पन्न ग्योरोगीतर्फका पुरुष ६३ केजी मुनि नेपाली सेनाका रोहित तामाङले सशस्त्रका सुजन जोशीलाई  १०—८ अंकले पराजित गर्दै स्वर्ण जितेका छन् भने नेपाल प्रहरीका वीरबहादुर महरा र पश्चिमाञ्चलका तिलक आलेले काँस्यमै चित्त बुझाए । त्यसैगरी पुरुष ७४ केजी तौल समूहमा नेपाली सेनाका रामदत्त भट्टले मध्यमाञ्चलका सक्षम कार्कीलाई १०—५ को अंकमा पछाडि पार्दै स्वर्ण हात लगाए भने सोही तौल समूहमा एपिएफका भरत बोहरा र पश्चिमाञ्चलका सञ्जय विकले काँस्य जित्न सफल भए ।

त्यसैगरी महिला ५७ केजीमा नेपाली सेनाकी ज्ञानी चुनाराले नेपाल प्रहरीकी सीता तामाङलाई १४—८ अंकले हराउँदै स्वर्ण जितिन् । सोही समूहमा मध्यपश्चिमकी दीपिका पाण्डे र मध्यमाञ्चलकी नम्रता तुलाधरले काँस्य हात पारेका छन् । महिला ६२ केजी मुनिबाट नेपाल प्रहरीकी मनिता शाहीले नेपाली सेनाकी आकृति कार्कीबाट वाक ओभर पाएपछि स्वर्ण हात पारिन् । सोही तौल समूहमा मध्यमाञ्चलकी सावित्री गुरुङ र मध्यपश्चिमकी मीना पुनमगरले काँस्य जिते ।

त्यसैगरी महिलाको टिम पुम्से तर्फबाट नेपाल प्रहरीका राधिका श्रेष्ठ, निमा गुरुङ र सीता तामाङको टिमले स्वर्ण, सशस्त्र प्रहरीका संगीता श्रेष्ठ, सोममाया तामाङ र ज्ञानु शाहीको टिमले रजत र मध्यमाञ्चलका अस्मिता खड्का, सरस्वती तामाङ र अनु लामाको टिमले काँस्यमा चित्त बुझाए । त्यसैगरी पुरुषको टिम पुम्से तर्फबाट नेपाली सेनाका रेजिन रिमाल, संजिव ओझा, प्रविण गुरुङले स्वर्ण, नेपाल प्रहरीका निमा दोर्जे शेर्पा, प्रकाश श्रेष्ठ र जगदीश सिंह पालीको टिमले रजत र सशस्त्रका सन्तोष परियार, सूर्य परियार र लालबहादुर बरामुको टिमले काँस्य जितेका छन् । प्रतियोगिताको ग्योरोगीतर्फबाट पुरुष वेष्ट प्लेयरमा मध्यमाञ्चलका मोहम्मद वेश र महिलातर्फकी नेपाल प्रहरीकी निमा गुरुङ बनेका छन् भने पुम्से विधाको पुरुषतर्फबाट मध्यमाञ्चलका सुजन तामाङ र महिलातर्फबाट मध्यमाञ्चलकै अस्मिता खड्का वेष्ट प्लेयर बने ।
सिद्धार्थ तेक्वान्दो बिकाश समितीको ब्यबस्थापन र नेपाल तेक्वान्दो संघको आयोजनामा सम्पन्न प्रतियोगितामा स्पाईरींग तर्फ  टिम प्रथम र पुम्सेलाई क्रमशः १५ हजार र ८ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । जसमा स्पाईरंिग तर्फको टिम फस्ट नेपाली सेनाले हात पा¥यो भने पुम्से तर्फको पुरस्कार मध्यमाञ्चलले लियो ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाको प्रमुख आतिथ्य एवं प्रतियोगिता समिति संयोजक एवं नेपाल तेक्वान्दो संघका उपाध्यक्ष प्रदीप जोशी (टेकराज) को सभापतित्वमा सम्पन्न समापन समारोहमा प्रथम दोस्रा र तेस्रा हुने खेलाडी तथा उत्कृष्ट टिम, उत्कृष्ट खेलाडीहरुलाई पदक तथा प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । सो अबसरमा स्थानिय ब्यबस्थापक समितीका संयोजक चिरञ्जिबि राउत,तेक्वान्दो संघका केन्द्रिय सदस्य एबं स्थानिय आयोजक समितीका कोशिष बहादुर खडका लगायतले केन्द्रबाट प्राप्त सिमित साधन श्रोतका बाबजुद प्रतियोगिता भब्यतापुर्बक सम्पन्न भएको बताए ।


0 comments

तपाईंको प्रतिकृया