Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मन्त्रिपरिषद् अध्यक्ष रेग्मीद्धारा संविधानसभा बैठक आव्हान

पहिलो बैठक माघ ८ गते
काठमाडौं २७ पुस, । राष्ट्पति डा रामवरण यादवको चाहना विपरित अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको पहिलो बैठक माघ ८ गते आहृवान गरेका छन् । राष्ट्पति यादवले आफूले वैठक बोलाउने चाहना राख्दै राजनिती दलहरुसंग परामर्स गरेका थिए ।
मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले अन्तरिम संविधानको धारा ६९ को उपधारा ९१० बमोजिम संविधानसभा बैठक माघ ८ गते बुधबार अपरान्ह तीन बजे आहृवान गरेको उनका प्रेस सल्लाहकार विमल गौतमले विज्ञप्तिमार्फत जनाएका छन् ।यसअघि रेग्मीले शीतलनिवास पुगेर राष्ट्रपति डा। रामवरण यादवसँग छलफल गरेका थिए ।
संविधानसभा निर्वाचनको परिणाम घोषणा भएको २१ दिनभित्र संविधानसभाको बैठक आहृवान गर्नु पर्ने व्यवस्था छ । जेष्ठ सदस्यको हैसियतमा संविधानसभाको पहिलो बैठकको अध्यक्षता बैठक राप्रपा अध्यक्ष सूर्यबहादुर थापाले गर्नु हुनेछ । थापालाई राष्ट्रपतिले संविधानसभा सदस्यको सपथ खुवाउनु हुनेछ, जुन राष्ट्रपतिले तोकेको समयमा हुनेछ । अन्य सदस्यहरुलाई भने थापाले सपथ खवाउनु हुनेछ । सभासदहरुको सपथ संविधानसभा बैठकको अघिल्लो दिन हुन सक्ने बताइएको छ ।

0 comments

तपाईंको प्रतिकृया