Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
संसद अधिवेशन माघ १२ गते

काठमाडौं ५ माघ। राष्ट्रपति डा.रामवरण यादवले व्यवस्थापिका संसदको अधिवेशन माघ १२ गते आह्वान गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ५१ को उपधारा १ बमोजितमाघ १२ गते अपराह्न ३ बजे संसदको पहिलो बैठक आह्वान गरेका हुन् । संसदको अधिवेशन सुरु भएपछि नयाँ सरकार गठन प्रक्रिया समेत सुरु हुनेछ ।
यसअघि मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले राष्ट्रपतिलाई भेटेर संसद बैठक आह्वान गर्न सिफारिस गरेका थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

0 comments

तपाईंको प्रतिकृया