एमाओवादी सरकारमा सहभागी नहुने
काठमाडौँ, १४ माघ । एकीकृत नेकपा माओवादी तत्काल सरकारमा सहभागी नहुने भएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा मंगलबार बसेको केन्द्रीय कार्यालयको बैठकले संविधानसभा निर्वाचनको क्रममा जनतासामु गरेको प्रतिबद्धताअनुसार संविधान निर्माणमा प्रतिबद्ध भएर लाग्ने निष्कर्ष निकाल्दै सरकार दोस्रो प्राथमिकतामा रहेको ठहर गरेको हो ।
जनादेशलाई सम्मान गर्दै सरकार गठनलगायतका विषयमा काँग्रेस, एमाले अगाडि बढ्नु जायज भएको भन्दै बैठकले संविधान निर्माणको विषय नै पहिलो प्राथमिकता रहेको एमाओवादीले ठहर गरेको उनले बताए ।
यस्तै बैठकमा पार्टीको विशेष संगठनात्मक महाधिवेशन, पार्टी नेतृत्वको आचारण सुधार, संविधानसभा निर्वाचनमा भएको पराजयलगायतका विषयमा छलफल भएको थियो ।
व्यवस्थापिका–संसद्को बैठक सुरु भइसकेको भन्दै संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक छनोट गर्ने विषयमा समेत छलफल भए पनि कुनै पनि निर्णयमा पुग्न नसकेको नेता बोगटीको भनाइ छ ।
यस्तै आज बस्ने भनिएको केन्द्रीय समितिको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । केन्द्रीय समितिको बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले पार्टी नेतृत्वको आचरणलगायतका विषयमा कुरा उठाएपछि त्यसलाई के कसरी समाधान गर्ने भन्ने विषयमा एमाओवादीले चरण–चरणमा छलफल गर्दै आएको छ । केन्द्रीय कार्यालयको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरे पनि सो निर्णय केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नुपर्ने व्यवस्था छ ।

0 comments
तपाईंको प्रतिकृया