वामदेव र विष्णु पौडेलसहित ५ जनाले सपथ खाने कार्यक्रम थियो
दीपकुमार उपाध्याय, कांग्रेस नेता
कागजमा लेखेको कुरासमेत पालना नगर्ने दलहरुले बन्दकोठाभित्र गरेको सहमतिबारे दुईथरि कुरा गरेर जग हसाउँने काम गरिरहेका छन् । एमाले भन्छ वामदेव गौतमलाई गृहमन्त्री बनाउने सहमति भएको थियो, तर कांग्रेस पछि हट्यो । कांग्रेस नेताहरु भनिरहेका छन्, गृहमन्त्री एमालेलाई दिने सहमति भएकै छैन । बुधबार प्रधानमन्त्री सुसील कोइरालाले पनि यस्तो सहमति नभएको बताएका छन् । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भनेका छन्, एमालेका साथीहरुलाई ‘कन्फ्युजन’ भयो होला, गृहमन्त्रीबारे कुनै सहमति भएको छैन ।
आखिर झूठो कसले बोलिरहेको छ रु कांग्रेसले या एमालेले रु यसबारे वार्तामै सहभागी कांग्रेस नेता दीपकुमार उपाध्यायलाई जिज्ञासा राख्दा उनले अब यसबारे जनताले नै फैसला गरिदिनुपर्ने बताएका छन् । उपाध्यायले सुशील कोइरालाका साथमा एमाले नेता वामदेव गौतम, विष्णु पौडेल र कांग्रेसका डा। रामशरण महत र प्रकाशमान सिंहले सपथ खाने सहमति भएको थप खुलासा गरेका छन् ।राष्ट्रपतिबारे केपी ओलीले कडा अभिव्यक्ति दिइरहेका बेला एमाले नेतालाई कसरी सहमतिमा ल्याउनुभयो ?
(एमालेले निर्णय गर्यो र केपी ओलीले रोष्टममै उभिएर बोलेपछि यो त गम्भीर कुरा भयो भनेर त्यसलाई हामीले गम्भीर रुपमा लियौं । हामी एक कदम पछि हट्यौं र एमाले पनि पछि हट्यो ।
हामीले कहिल्यै राष्ट्रपतिको निर्वाचन नगर्ने त भनेका थिएनौं । अर्कोतिर यो निर्वाचन गर्ने क्रममा राष्ट्रपतिले अविभावकीय भूमिका खेल्नुभयो र त यो निर्वाचन सम्भव भयो । फेरि राजनीति हाम्रो हातमा त आयो । त्यसैले यसलाई त्यतिकै विवादको विषय बनाएर कसैलाई फाइदा हुँदैन भनेर हामी सहमतिमा पुगेका हौं ।
संविधानसभाबाट संविधान जारी भएपनि यिनीहरुले जालझेल गर्लान् र चुनाव नर्गलान एमाले नेताहरुमा जायज शंका थियो । त्यसलाई हामीले निवारण गनर्े प्रयास गर्यौं । संविधान जारी भएपछि एक महिनाभित्र निर्वाचन गर्ने गरी हाललाई संविधानसभाबाट मर्यादित रुपमा उहाँहरुको भाषामा अनुमोदन, हाम्रो शब्दमा राजनीतिक निकास निकालौं र विवादको विषय नबनाऔं भनेर सहमति गरेका हौं ।
सुशील कोइराला सहमतीय सरकारको प्रधानमन्त्री बन्न नसक्नुको कारण के हो ?
(एमालेले सहमतिको सरकारका लागि सैद्धान्तिक पत्र मात्रै दिएको भए पनि सहमतिको सरकार बन्ने थियो । यसमा कुनै पार्टीको विमति थिएन । कमल थापाले समेत ठीक छ, सुशील कोइरालाको नेतृत्वमा बन्छ भने भनेका थिए । तर, सहमतिको सरकार बन्न सकेन । एमालेको दलको चुनाव नभएको भए त्यो हुन्थ्यो ।
किन एमालेको चुनावले त्यस्तो हुन दिएन ?
(हामीले बुझ्यौं, कांग्रेससँग लत्रियो भन्ने आरोप प्रत्यारोप हुने डरले एमाले नेताहरुले लेखेर दिन आँट्न गर्नुभएन । झलनाथजी सहमत हुनुहुन्थ्यो तर, केपी कमरेडसँग कुरा गर्नुस् भन्नुभो, केपीसँग कुरा गर्दा अध्यक्षले सही गर्ने हो, उहाँलाई नै भन्नुस् भन्दा भन्दै त्यो अवसर गुम्यो । झलनाथजीले महाराजगञ्जमा पुगेर सुशील कोइरालालाई सरकारको नेतृत्व गर्नोस् भनेदेखि नै एमालेमा समस्या देखिन थालेको थियो ।
तपाईहरुले एमालेसँग मात्रै सहमति गर्नुभयो, सर्वदलीय बैठक नगर्नुको कारण के थियो ?
(माघ २६ गते एमालेसँग सहमति गर्नुअघि हामीले एमाओवादीसहितका सबै दलहरुसँग प्रस्ताव राख्न खोजेका थियौं । सहमतीय सरकार बने सरहको सरकार बन्न सक्थ्यो । तर, समय भएन । व्यवस्थापनमा हाम्रो नि कमजोरी भयो । सातबुँदे सहमति गर्ने बेलामा पनि छ बुँदे मात्र भएको थियो, सभामुखको विषय त पछि थपिएको हो । केपी कमरेडले आपसी विश्वासको कुरा हो, किन लेख्नुपर्छ र भन्नुभएको थियो ।
(गृह मन्त्रालयको विषयमा एमालेसँग के सहमति भएको हो ?
( मतदान गर्नुअघि एमालेमा गृह मन्त्रालयबारे के हुन्छ भनेर प्रश्न आएको थियो । हाम्रा पनि धेरै साथीहरुले खबरदार, बरु प्रधानमन्त्री नलिने तर गृहमन्त्रालय दिनु हुँदैन भनेका थिए ।
यस्ता साना झिना मसिना कुरामा अल्झिनुहुँदैन भनेर केपी कमरेडले उदारता देखाउनुभो । एक किसिमले कांग्रेसलाई गुन नै लगाउनु भो भन्छु म त । अनिणिर्त विषयलाई थाती राखेर पनि हाम्रो उम्मेदवारको समर्थक बस्नुभएको थियो । कांग्रेस र एमालेको बीचमा विश्वासको जग बस्नु ठूलो कुरा हो ।
तर, केही घण्टामै कांग्रेसले धोका दिएछ हैन रु
( धोका भन्ने शब्दमा मेरो आपत्ति छ । अनिणिर्त विषयलाई निर्णय भने भनेर एक किसिमले हल्ला गर्नु हुँदैन । यसले उहाँहरुको ‘क्रेडिबिलिटी’लाई नै नोक्सान गर्छ ।
वार्तामा भएको भित्री कुरा के हो ?
(सार्वजनिक नै बहस गर्न तयार छु म । सुरुदेखि नै हामीले के भन्यौं भन्दा आज कांग्रेसको पालो भएकाले मात्र होइन । जसको पालो होस् । प्रधानमन्त्री हुने मान्छेले गृह र अर्थ राज्य पाउनुपर्छ । सके अझ रक्षा र परराष्ट्रपति हो । त्यो तत्काल भन्न गाह्रो छ भने गृह र अर्थ भन्नुपर्छ भन्ने हाम्रो मान्यता हो । उहाँहरुको यसमा विमति होइन । तर, अहिले हाम्रो विशिष्ठ परिस्थिति छ । हामीलाई त्यसो नभन्दिनुस् । हाम्रो भर्खर दलको चुनाव भएको छ, महाधिवेशन पनि आउँदैछ ।
हामीले पनि बुझ्यौं र हाम्रो हैसियतभन्दा बाहिरको कुरा भयो, यसबारेमा तपाईहरुले नेतृत्व तहमा बसेर छलफल गरेर टुङ्गो लगाउनुस् । अरुमा विमति देखिएन, अनिणिर्त विषयलाई शीर्ष तहमा छलफल गर्नुस् भनेपछि छलफल पनि भयो । उहाँहरुले यही कुरा राख्नु भो । हाम्रा नेताहरुले तपाईहरुको माग सुन्यौं, तर हामीलाई पनि बडो गाह्रो छ, अहिले यो नगरौं । विकल्प के हुनसक्छ सोचिदिनुस् । समाधान त निकाल्नुपर्छ । यत्रो कुरा गरेर गृह मन्त्रालयमा अड्किँदा सत्ता स्वार्थमा केन्द्रीत भए भन्ने आरोप त दुबै दललाई लाग्छ । यो नगरौं भन्ने हाम्रो कुरा रहेपछि गृह मन्त्रालयको विषय अन्तिमसम्म पनि अनिणिर्त रहृयो ।
मैले जानेको कुरा यही हो । उहाँहरुले सहमति भयो भनेर भन्नुभएको छ । आफ्नो दलमा कुरा राख्नुभयो । को सँग भएको थियो त रु कसको मुखबाट सुनेको हो त यो सहमति भो टुङ्गिय भनेर रु सार्वजनिक बहस गरौं म तयार छु ।
भनिन्छ, चोरहरुमा पनि आफूले गरेको सहमति पालना गर्ने नैतिकता हुन्छ, तपाईहरुमा त त्यति पनि नैतिकता देखिएन नि ?
यो दरारलाई पुर्नैपर्छ, हैन भने अनर्थ हुन्छ । सबैभन्दा पहिले त मैले नै आत्मालोचना गर्नुपर्ने हुन्छ । यस्तो कुरा आउनु त मेरो पनि कमजोरी होला । नेताहरुले पनि कमजोरी महसुस गर्नुपर्छ । जनताले उठाउँछन् यस्ता कुराहरु । यस्ता प्रश्न उठ्नुपर्छ, म त सार्वजनिक बहस होस् भन्छु । जनताले खुट्याओस् । मालिक त जनता नै हुन् नि । निणरयक न जनता नै हो नि ।
अब सहमतिका लागि कस्तो प्रयास भइरहेको छ ?
मैले हिजो सपथअघि अन्तिमसम्म पनि प्रयास गरेँ । हाम्रा नेताहरु सहमति भएकै छैन भन्नुहुन्छ । तपाईहरुको नेताको कुरा प्रथक हो भने हामीलाई पनि राखेर सम्झाए भो । उमेर पुगेका नेताहरु हुनुहुन्छ । बिर्सनु पो भयो कि रु भनाइ र बुझाइमा फरक पर्यो कि रु त्यसो भने हो भने पनि निकास त निकाल्नुपर्छ भनेर उहाँहरुको स्थायी कमिटी अगाडि प्रयास गरेको थिएँ । उहाँहरुको तर्फबाट वामदेव गौतम र विष्णु पौडेल आउने भन्ने थियो, उपप्रधानमन्त्री र मन्त्रीको हैसियतमा र यताबाट पनि उपप्रधामन्त्री जस्तै गरेर प्रधानमन्त्रीसहित ५ जनाको सपथ गरौं र ५ जना बसेर बाँडफाँड मिलाउनुस् भनेको हो । विवादमाथि विवाद गरेर कसलाई पो फाइदा हुन्छ र रु तर, त्यो स्वीकार भएन ।
कांग्रेसभित्रै अप्ठ्यारो परेर हो भन्ने छ नि रु रामचन्द्र पौडेलले नेताहरुलाई गाली गर्नु भयो रे । त्यसैले वार्ता टोलीले सहमति जनाएको तर, पार्टीले अनुमोदन नगरेकाले कांग्रेसपछि हट्यो भन्ने छ । हो रु
(त्यस्तो होइन ।
एमालेलाई गृहमन्त्रालय दिँदा कांग्रेसको के बिग्रन्छ त ?
मूल कुरा हामी पद्दति निर्माण गर्ने कि नगर्ने भन्ने हो । प्रधानमन्त्रीय पद्दतिमा प्रधानमन्त्रीले अन्तिम हो । आज दिनुस्, तीन महिनापछि लिन पनि सकिन्छ । तर, कांग्रेसले योबारे सोच नै राखेन । असजिलै पर्यो भने त जे पनि गर्न सकिन्छ नि ।
तर, प्रधानमन्त्रीको जोड पद्दतिमा हो । सकिन्छ पद्दति निर्माण गरौं । समस्याको समाधान दिने बाटोमा जाउँ । संविधानसभाले संविधान दिनासाथ मेरो भोलन्टियरी रिटायरमेन्ट हुन्छ भनेको त्यही कारण हो नि त । त्यसपछि प्रतिस्पर्धा गरौं । प्रधानमन्त्रीमा गरौं, अध्यक्ष, उपाध्यक्षमा गरौं, जसलाई जे जेमा मन लागेको त्यही गरौं । यसले दलभित्रको ‘डाइमेन्सन’लाई पनि ‘एड्रेस’ गर्छ भन्ने सोच हो ।
भनेपछि प्रधानमन्त्रीले अर्थ र गृहमन्त्रीको विषयमा कुनै सम्झौता गर्नुहुन्न ?
हिजो सपथ लिन जानेबेलामा अन्तिमसम्म पनि सभापतिले त्यही भन्नु भो कि मैले नेताहरुलाई आग्रह गरेको हो । तर, के असजिलो पर्यो । मेरो पालामा पद्दति बन्न सकेन भने अर्कोले नजिर बनाउँछ । हिजोको क्याविनेट त माछा बजार जस्तो भएको त हामी सबैलाई थाहा छ नि । प्रधानमन्त्रीले भनेको कसैले नमान्ने, एकले अर्कालाई नमान्ने । त्यसरी नै देश विग्रिएको हो । त्यो पद्दति निर्माणमा केही गरौं भन्ने प्रधानमन्त्रीको भनाइ छ ।
कि हाम्रो यतिमात्र मत हो भनेर प्रतिपक्षमा बस्नुपर्यो । जनता नै प्रमुख हुन्, यो कुरा जनतालाई भन्नुपर्यो र कांग्रेसले सदासयता देखाएर प्रधानमन्त्रीको लोभमा सबै कुरामा सम्झौता गरेर जानुभन्दा पद्दति निर्माणमा जोड दिएको रहेछ भनेर भनौं ।
अब के हुन्छ त रु छ महिना नपुग्दै सरकार ढल्ने त होइन ?
अहिलेसम्म अनिणिर्त विषयमा एमालेको दावा, चाहना छ । त्यो गर्ने भए पनि निर्णय गर्नुपर्यो । कांग्रेसले त सभापतिलाई अधिकार दिएकै छ । एमालेभित्र पनि छ । त्यसैले यो मिलाउनुपर्छ । कांग्रेस र एमाले मिल्नुपर्छ र अरु पार्टीहरुलाई पनि सहमतिमा ल्याउनुपर्छ । संविधान नबनेसम्म हामी मिलेनौ भने अस्थिरतामा खेल्छन्, कोही बुझेर खेल्छन्, कोही नबुझेर नै धकेलिन्छन् ।
लोकतन्त्रको सुन्दर कुरा नै पारदर्शिता हो । अर्को ‘सेल्फ करेक्सन’ हो । त्यसैले ‘सेल्फ करेक्सन’को सहज उपाय छ ।
एमालेले गृह पाएन भने सरकारमा नजाने भनेको छ, यो भनेको सुशील कोइराला असफल हुने खतरा त बढेकै हो नि ?
(त्यहाँसम्म जाँदैन र जानुहुँदैन । नेतृत्व तहमा घनिभूत वार्ता गरेर सहमति गर्नुपर्छ । असजिलै पर्यो भने त हामीले गैरदलीय सरकार बनाएकै हो नि । संयोग राम्रो भएकाले चुनाव भयो । नभएको भए हामी चरम अस्थिर र नौलो द्वन्द्वमा पुग्थ्यौं ।
एमालेले वामदेवको साटो अर्कै व्यक्तिलाई उभ्याए कांग्रेसलाई मान्य हुन्थ्यो कि ?
व्यक्तिको विषयमा कांग्रेसको आपत्ति छैन, एमालेले जसलाई बनाए पनि हाम्रोलागि फरक पर्दैन । तर, वामदेवले ब्याक भैदिएको भए यो समस्यै हुन्नथ्यो । तर, उहाँहरुमा पनि समस्या छ । मैले वामदेवजीलाई ठट्टामा भनेको पनि छु, तपाईको राष्ट्रिय व्यक्तित्व त धेरै देखियो, अन्तरराष्ट्रिय व्यक्तित्व पनि बनाउनोस् न कामरेड, यस्तो गर्नुभयो भने भोलि तपाई नै प्रधानमन्त्री बन्नुहुन्छ । तर, हट् यो वाहियात कुरो हो भनेर उहाँले यसमा प्रवेशै गर्न चाहनुभएको छैन, उहाँ आफूले निर्णय गर्ने विषयमा निर्णय नगर्ने अनि अरुतिर पन्छाएर देशलाई भड्खालोमा हाल्न पाइन्छ ?
–अनलार्इन खबरवाट साभार गरिएको

0 comments
तपाईंको प्रतिकृया