भ्रष्टाचार छानविन गर्न पूर्व लडाकूहरुको माग
काठमाडौं , १८ माघ। बहिर्गमित पूर्व लडाकूहरुले लडाकूहरुको शिविरमा भ्रष्टाचार भएको भन्दै छानविनको माग गरेका छन् ।
एमाओवादी पार्टी भ्रष्टाचार र तस्करीको अखडा भएको आरोप लगाउँदै उनीहरुले राज्यले तत्काल छानविन नगरे अन्तराष्ट्रिय समुदायको सहयोग लिने चेतावनी दिए । उनीहरुले आवश्यक परे हतियार उठाउने धम्की समेत दिएका छन् ।
शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले शान्तिपूर्ण तरिकाले पार्टीले गरेका भ्रष्टाचारको मुद्दा किनारा नलगाइ युएन, अन्तर्राष्ट्रिय निकायसम्म पुग्ने बताए । अख्तियारले मुद्दा हेरिरहेको भन्दै उनले राज्यलाई चाहिने सबै खाले सहयोग र जानकारी दिन आफूहरु तयार रहेको बताए ।

0 comments
तपाईंको प्रतिकृया