आफ्नै नेतृत्वमा सरकार गठन गर्न कांग्रेसको पहल
काठमाडौं, १८ माघ । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनको लागी पहल शुरु गरेको छ । संविधानसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा आगामी सरकार गठन गर्न सर्वदलिय सहमती जुटाउन लागेको हो ।
सहमतीय सरकार गठनको प्रयास स्वरुप कांग्रेसले शनिबार संविधानसभामा रहेका ३० दल र दुई स्वतन्त्र सभासदलाई बोलाइएको थियो । नयाँबानेश्वर स्थित संविधानसभा भवनमा बसेको सर्वदलीय बैठकमा सबै दलले सरकारको नेतृत्वका लागि कांग्रेसलाई समर्थन गर्ने जनाएका कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए ।
बैठकमा सहभागी मध्ये १३ दलले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने लिखित सहमति जनाएका छन् । बाँकी दलले आइतबार लिखित प्रतिवद्धता जनाउने कांग्रेस प्रवक्ता बडुले बताए । अन्य दलको प्रतिवद्धता आएपछि आइतबारनै राष्ट्रपति कार्यालयमा सरकार गठनका लागि प्रस्ताव पठाइने उनले बताए ।
सरकारमा सहभागि नभएपनि एमाओवादी र राप्रपा नेपालले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन जनाउने भएको श्रेतको भनाई छ । बैठकमा सबै दलका शीर्ष नेताको सहभागीता रहेको थियो । प्रधानमन्त्रीका लागि कांग्रेसबाट सभापति सुशील कोइराला संसदीय दलको नेताको रुपमा उम्मेदवार छन् ।

0 comments
तपाईंको प्रतिकृया