Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सहमतीय सरकार गठन गर्ने कांग्रेस असफल

काठमाडौं, १९ माघ। नेपाली कांग्रेस पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठन गर्ने  असफल भएको छ । राष्ट्रपति डा रामवरण यदव ले संविधानको ३८ ९१० अनुसार सहमतीय सरकार गठनका लागि एक साताको समय दिएर माघ १२ गते आहृवान गरेका थिए ।

सहमतीय सरकार गठनका लागि सहमति जुटाउने अन्तिम प्रयासस्वरुप कांग्रेसले आइतबार सर्वदलीय बैठक राखेको थियो । सविधानसभा भवन नयाँ बानेश्वरमा बसेको बैठकमा तेस्रो दल एकीकृत नेकपा माओवादी र चौथो दल राप्रपा नेपालले प्रतिपक्षमा बस्ने जानकारी गराएपछि सहमतिको सरकार बनाउने दलहरुको प्रयास असफल भएको हो । अब बहुमतीय प्रक्रिया सुरु हुने भएको छ ।

शीतलनिवास स्रोतका अनुसार राष्ट्रपतिले सोमबार अन्तरिम संविधानको धारा ३८ ९२० अनुसार सरकार गठन गर्न आहृवान गर्नेछन् ।  सहमति प्रक्रिया असफल भएको बताउदै कांग्रेस सभापति एवं प्रधानमन्त्रीका उम्मेदवार कोइरालाले अब बहुमतीय प्रक्रिया अघि बढेको बताए । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले कोइरालालाई निर्विरोध प्रधानमन्त्री बनाउन प्रयास हुने बताए ।

0 comments

तपाईंको प्रतिकृया