Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
को बन्ला मिस बुटवल ?

 ‘मिस बुटवल’को फाईनल आज
बुटवल, १९ माघ ।  नारीहरुलाई सामाजिक सवलीकरण र शशक्तिकरणमा अग्रसर बनाउने उदेश्यले आयोजना गरिएको ‘मिस बुटवल २०७०’को फाईनल आज सोमवार हु“दैछ ।
जसको तयारी पुरा भएको आयोजकले जनाएका छन । फाईनलमा रुपन्देही जिल्लाका ३० जना युवती प्रतिस्पर्धीमा उत्रिएका छन  । बुटवल फेसन डटकम र एस अर एस प्रालिको संयुक्त आयोजनामा भएको मिस बुटवल छनोटमा राष्ट्यि स्तरका जजहरुले निर्णायककको भुमिका खेल्ने बुटवल फेसन डटकमका संचालक सिजन हितानले जानकारी दिए ।
अडिसनमा छनोट भएको युवतीहरुलाई कोरियोग्राफी , प्रस्तुति कला, व्यक्तित्व र नेतृत्व विकास क्षमता प्रशिक्षण , क्याटवाक लगायतका विषयमा दुई हप्तासम्म प्रशिक्षण दिईएको एस अर एस प्रालिका प्रबन्ध निर्देशक अमृत बन्जाडेले जानकारी दिए ।
मिस बुटवल बन्नेले नगद २५ हजार, फष्ट रनरअपले १५ र सेकेण्ड रनरअपले १० हजार रुपैया नगद प्राप्त गर्नेछन । उनीहरुले म्युजिक भिडियोमा खेल्न पाउने अवसर समेत पाउने छन ।

0 comments

तपाईंको प्रतिकृया