Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बैशाखमा एमाओवादीको राष्ट्रिय सम्मेलन

काठमाडौं, १८ माघ। एकीकृत नेकपा माओवादीले आगामी बैशाखमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । पार्टीका केन्द्रीय नेताहरु तलैबाट निर्वाचित भएर आउनुपर्ने लोकतान्त्रिक प्रणालीमा जाने निर्णय एमाओवादीले पहिलोपटक गर्न लागेको हो ।
शनिबार पेरिसडाँडामा सम्पन्न केन्द्रीय समिति बैठकले  बैसाख १८ गते मे दिवसका दिन पारेर उदघाटन गरिने राष्ट्रिय सम्मेलनमा सहभागी हुन सबै नेताहरु निर्वाचित भए आउनुपर्नेछ । अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड सिरहा, डा. बाबुराम भट्टराई गोरखा, नारायणकाजी श्रेष्ठ प्रकाश मकवानपुर र पोष्टबहादुर बोगटी नुवाकोटबाट निर्वाचित भएर आउनुपर्नेछ ।
केन्द्रीय समितिको बैठकले प्रचण्डको परिमार्जित राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । प्रचण्डको प्रतिवेदनमा नेता डा। डा. बाबुराम भट्टराईले ११ बुँदे र नारायणकाजी श्रेष्ठ प्रकाशले नौ बुँदे लिखित सुझाव दिएका छन् । प्रचण्डले दुबै नेताका सुझावहरुलाई समेट्ने प्रतिवद्धता जनाएका छन् । दुबै नेताले दिएका सुझावलाई संगठनात्मक सम्मेलनसम्म छलफल चलाइनेछ ।

त्यसै गरी अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ भने नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । दलका उपनेता, प्रमुख सचेतकबारे भने कार्यालयले निर्णय गर्नेछ । सरकारमा नजाने निर्णय गरेको एमाओवादीले सभामुख दावी गर्ने निर्णय समेत गरेको छ । नेता डा। भट्टराई स्कुलिङ तथा प्रशिक्षण विभागको जिम्मेवारी दिइएको छ । नेता नरायणकाजी श्रेष्ठ प्रकाशलाई अन्तराष्ट्रिय विभागको प्रमुख बनाइएको छ । संगठन विभाग प्रमुख पोष्टबहादुर बोगटीलाई बनाइएको छ भने प्रवक्ता दीनानाथ शर्मालाई तोकिएको छ । बैठकले ७५ वटै जिल्लामा जिल्ला इञ्चार्जहरु तोकेको छ ।

0 comments

तपाईंको प्रतिकृया