बुटवल बहुमुखी क्याम्पसको लापरबाही
छोराको ठाउंमा छोरी
रुद्रहरि कुुंवर
बुटवल २० माघ
अर्खवाङ–३ गुल्मीका विष्णु प्रसाद खनाल बुटवल बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गरेका विद्यार्थी हुन् ।
उनी शिक्षा संकायमा वि.सं २०६३ मा भर्ना भई वि.सं २०६६ मा स्नातक उत्तीर्ण गरेका थिए । उनी पुरुष थिए तर क्याम्पसले उनलाई पर्शुराम खनालकी छोरी भएको उल्लेख गरेर प्रमाणपत्र प्रदान ग¥यो । एक बैंकमा जागिरको लागि निवेदन दिन खोज्दा थाहा भयो कि उनको प्रमाणपत्रमा त्रुटी छ ।
प्राज्ञिक संस्थामा कति लापरबाही हुन्छ भन्ने कुरा विष्णु प्रसाद खनालकोे चारित्रिक /स्थानान्तरण प्रमाणपत्र हेर्दा थाहा हुन्छ ।
‘विष्णु प्रसाद नाम छोरी हुन्छ कि छोराको ? यो कुरा प्रमाणपत्र तयार गर्नेले हेक्का राख्नु पर्ने हो, तर राम्रोसँग हेरिएन । प्रमाणपत्र तयार गर्ने देखि लिएर प्रमाणीकरण गर्ने अधिकारीबाट स्वीकृत हुँदै क्याम्पस प्रमुख प्रकाशबन्धु रेग्मीसँग पुग्यो । उनले पनि हस्ताक्षर गरी प्रमाणीत गरि दिए ।
कर्मचारी देखि क्याम्पस प्रमुख सम्मको लापरबाहीले विद्यार्थीहरु मर्कामा परेको यो एउटा उदाहरण मात्र हो । बुटवल बहुमुखी क्याम्पसमा यस्तो गल्ती धेरै हुने गरेको विद्यार्थीहरु बताउ“छन । कर्मचारीको गल्तीको कारण क्याम्पसबाट जारी प्रमाणपत्र सच्चाउनको लागि बिद्यार्थीले झन्झट बेहोर्नु परेको गुनासो गर्छन् ।
‘यस्तो गल्ती फेरि नदोहोरियोस भन्नको लागि यो कुरा बाहिर ल्याएको हुँ,’ खनालले भने– ‘यो क्याम्पसको लापरबाही ।’ उनले क्याम्पसको लापरबाहीले जागिरको लागि आवेदन दिनबाट वन्चित भएको बताए । ‘आवेदन दिन आईतबार अन्तिम दिन थियो । प्रमाणपत्र निकाल्न ढिला भयो । हेर्दा पो थाहा भयो गम्भीर गल्ती रहेछ,’ उनले भने ।
उता क्याम्पस प्रमुख प्रकाशबन्धु रेग्मीले ‘प्राविधिक मिस्टेक’ ले यस्तो त्रुटी भएको बताए । ‘टेक्निकलमा अलि पछि नै छौं । कम्प्युटर सिक्दै पनि छन ।’ उनले भने–‘सफ्टवेयरबाट यस्तो त्रुटी भएको हुन सक्छ ।’ उनले बिग्रेको प्रमाणपत्र विना शुल्क सच्चाएर बनाईदिने बताए ।

0 comments
तपाईंको प्रतिकृया