संसदीय दलको नेता बन्न खनाल र ओली भिड्दै
काठमाडौं, २१ माघ । नेकपा एमालेको संसदीय दलको नेता चयनको लागी अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीले उम्मेदवारी परेको छ । सर्वसम्मतिको प्रयास सफल नभएपछि दलको नेता चुनावी प्रक्रियाबाट टुंग्गो लगाउने थालिएको हो ।
खनालको प्रस्तावकमा बरिष्ठ नेता माधवकुमार नेपाल र समर्थकमा नेतृ अष्टलक्ष्मी शाक्य रहेका छन् ।त्यसै गरी ओलीको प्रस्तावकमा उपाध्यक्ष वामदेव गौतम र समर्थकमा सचिव विष्णु पौडेल छन् ।
निर्वाचन समितिले उम्मेदवारलाई दिउँसो ४ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको छ । निर्वाचन समितिका अनुसार मतदान दिउँसो ४ बजेपछि हुनेछ । नेपाल र गौतमले दुई ठाउँबाट जितेकोले एमाले संसदीय दलमा एक सय ७३ जनाले भोट गर्ने छन् । एमाले संसदीय दलमा १ सय ७३ मतदाता छन् । नेपाली कांग्रेसको संसदीय दलको नेता चनन पनि निर्वाचन गर्नु परेको थियो । सभापति सुसिल कोईराला दलको नेतामा चयन भएका थिए । वरिष्ट नता शेर वहादर देउवा पराजित भएका थिए ।

0 comments
तपाईंको प्रतिकृया