Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
आज श्रीपञ्चमी, विद्यापिठहरुमा सरस्वतीको पूजाआराधना

बुटवल २१ माघ ।   आज श्रीपञ्चमी पर्व । मुलुकभरका विद्यापिठहरुमा  सरस्वती माताको  पूजाआराधना गरी मनाईएको छ । श्रीपञ्चमीलाई ससाना बालबालिकालाई अक्षरारम्भ अर्थात विद्यारम्भको दिनको रुपमा लिईन्छ यो दिन विद्याकी  देवीका रूपमा सरस्वतीको पूजा गर्ने प्रचलन रहेको छ ।
 साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा तथा तान्त्रिकहरू तन्त्रसिद्धिका लागि तारादेवीका रूपमा सरस्वतीको आराधना गर्छन् ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ भनिएको हो ।श्रीपन्चमीका दिन विवाह, व्रतबन्ध, बाह्राः र इही जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने जनविश्वास रहेको छ । 
यसै विच रुपन्देहीको आन्नदवनमा संचालित डन चिल्डेन्स इड।लिस बोडिड। हाई स्कुलमा आज सरस्वती पुजाको विबिध कार्यक्रम गरि मनाईएको छ । विद्याकी खानी सरस्तीको फोटोमा पुजागरि विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नारायण प्रसाद रेग्मीले सरस्वती पुजाको शुभारम्भ गर्नु भयो ।  वसन्त पंचमीलाई  विद्यालयहरुले सरस्वती पुजा तथा अक्षरारम्भको रुपमा मनाउने गर्दछन । कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण प्रसाद खनाल व्यवस्थापन समितीका उपाध्यक्ष रिषीराम भण्डारी लेखा समिती संयोजक खेम प्रसाद गौतम पत्रकार यमलाल भुसाल शिक्षक अभिभावक संघका अध्यक्ष वुद्धि पन्थ पुजारि शिक्षक दयाराज खराल सह प्रचार्य नारायण प्रसाद पौडेल लगायतले सरस्वती पुजाको महत्वका बारेमा प्रकास पारेका थिए ।

0 comments

तपाईंको प्रतिकृया