Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित

काठमाडौं  २७ माघ। नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनी मुलुकको ३७ औं र गणतन्त्र नेपालको पाँचौ प्रधानमन्त्री हुन् ।
व्यवस्थापिका संसदमा सोमबार भएको निर्वाचनमा कोइराला ४ सय ५ मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । कोइरालालाई कांग्रेससँगै एमाले, राप्रपा, मालेसहितका दलहरुले मत दिएका छन् । सातबुँदे सहमतिसँगै एमाले नेता केपी शर्मा ओलीको समर्थनमा कोइराला उम्मेदवार बनेका थिए ।
संसदमा ५ सय ५३ सभासद उपस्थित भएकोमा १ सय ४८ ले भने विपक्षमा मतदान दिएका छन् । एकीकृत नेकपा माओवादी राप्रपा नेपालसँगै मधेसी दलहरु विपक्षमा छन् ।
 नवनिर्वाचित प्रधानमन्त्री कोइरालाले बुधबारमात्र सपथ लिने भएका छन् । कोइरालाले बुधबार विहान १० बजे राष्ट्रपति रामवरण यादबबाट शीतल निवासमा सपथ लिने भएका हुन् ।

0 comments

तपाईंको प्रतिकृया