Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अवैध रुपमा संचालित नौ औषधी पसलमा शीलबन्दी

कमल रायमाझी
भैरहवा २८ माघ ।
 जिल्ला बजार अनुगमन समीती रुपन्देहीले अबैध रुपमा सन्चालित भएका भैरहवा रानीगाउका ९ बटा औषधी पसलमा शीलबन्दि गरिदिएको छ ।
जिल्लामा मिसावट र नियम बिपरित सञ्चालनमा रहेका व्यापारीक फर्महरुको निरिक्षणमा बजार अनुगमन समिति रुपन्देही योहप्तामा निकै सक्रिय भएको छ ।
जिल्लाका बिभिन्न पसलहरु र व्यापारीक फर्महरुमा अनुगमन गर्दा गलत रुपमा सञ्चालनमा भेटिएका लाई कार्बाहीको प्रकृया समेत अनुगमन समितले अगाडी बढाएको छ ।
अनुगमन समितीले युनिभर्सल केलज अफ मेडिकल साइनसेज भैरहवाको मुलद्वारमा सन्चालित औषधी पसलको निरिक्षण गर्दा न्युतम मापण्ड पनि पुरा नगरेको पाइएकोले अर्को निर्णय नहुदा सम्मकोलागी शीलबन्दि गरिदिएको छ ।
बाणीज्य बिभागका निर्देसक हरीनारायण बेल्बासेको नेतृत्वमा गएको अनुगमन टोलीले रानीगाउका निसा फार्मेसी, आयसा फामेर्सी, भुपाल मेडीकलहल, अर्घाखाची प्रस्ताव फार्मेसी, विनायक फार्मा, देवलक्ष्मि मेडीकलहल, धवलागीरी मेडीकल सेन्टर, अनमोल फार्मा र बिन्दबासिनीमा सिलबन्दि गरीएको बजार अनुगमन समितिले जनाएको छ ।
औषधी पसलको निरीक्षण गर्दा इजाजत प्राप्त फार्मेसिस्टले औषधी बेच्नुपर्नेमा त्यसो नगरी होचुवाको भरमा औषधी विक्री वितरण गरिरहेको पाइएकोले आम उपभोक्तालाई पर्न सक्ने मर्कालाई मध्यनजर गर्दै तत्कालि शीलबन्दि गरिदिएको वाणिज्य विभागका निर्देशक वेल्वासेले बताए ।
औषधी खरिद गर्ने विरामी तथा व्यक्तिहरुको अत्यन्तै भीड हुने मेडिकल कलेज अगाडीका औषधी पसलबाट उपभोक्ता ठगिएको भन्ने गुनासो आधारमा सो क्षेत्रमा अनुगमन गर्दा ती पसल अबैध रुपमा सन्चालित भएको पाइएकोले शलिबन्दि गरिदिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधीकारी एवं बजार अनुगमन समीतीका सयोजक रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
औषधी ऐन २०३५ अनुसार औषधी बिक्री गर्न नेपाल सरकारबाट स्विकृत ईजाजत पा्रप्त ब्यक्तीले मात्र औषधी बिक्री गर्नु पर्नेमा त्यसो नगरी इजाजत नै नल्याएका व्यक्तिले होचुवाको भरमा औषधी विक्री वितरण गरिरहेको पाइएकोले ती औषधी पसललाई शीलबन्दि गरि कानुनी कारबाहिको दायरामा लिएको सहायक प्रमुख जिल्ला अधिकारी कुरुम्वाङका जानकारी दिए ।
पश्चिम र मध्यपश्चिम नेपालका करिब सबै जिल्लाका विरामीहरु आउने मेडिकल कलेज अगाडीका औषधी पसलमा योग्यता नै नभएका व्यक्तिहरुले औषधी विक्री वितरण गरिरहेको पाइनु आम उपभोक्ताकोलागी पनि गम्भिर विषय भएको बजार अनुगमनमा जिल्ला जन स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरिक्षक मोति पौडेलले बताए ।
औषधी पसलमा फार्मेसीस्ट वा निश्चित अवधीको कोर्स पुरा गरेको व्यक्तिले मात्र औषधी विक्री वितरण गर्न पाउने औषधी ऐन २०३५ ले व्यवस्था गरेको छ । बजार अनुगमन समिती औषधी पसलको निरक्षणमा जादा औषधी पसलका सन्चालकहरु भने कोहि पनि भेटिएका थिएनन ।
यसैगरी बजार अनुगमन समितीले सिद्धाथनगर मालटोलमा रहेको श्री जय गणेश पाउ रोटी उद्योगमा पनि शीलबन्दि गरिदिएको छ । सो उद्योगले आफ्नो उत्पादनमा उत्पादन मिती नराखेकोले समितीले शीलबन्दि गरिदिएको हो । अनुगमन समितीको नेतृत्व गरिरहेका वाणिज्य विभागका निर्देशक बेल्बासले दिएको जानकारी अनुसार पाउ रोटी जन्य खाद्य पदार्थ, समोसा, डोनट पाऊरोटी, क्रिमरोल उत्पादन गर्ने सो उद्योगको काम गर्ने क्षेत्र सफा सुग्घर युक्त र मापदण्ड अनुसार भएता पनि उत्पदान मिती नराखी विक्री वितरण गरिएकोले शीलबन्दि गरिदिएको हो ।

0 comments

तपाईंको प्रतिकृया