Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
डन चिल्डे्नमा खेल सप्ताह शुरु

बुटवल २८ माघ– रुपन्देही आनन्दवन १ नया“ मिल स्थित डन चिल्डे्न इंगलिस स्कुलमा खेल सप्ताह मंगलवार देखी शुरु भएको छ ।
सप्ताहको एक कार्यक्रम विच  सहायक जिल्ला शिक्षा अधिकारी गंगाराम आचार्यले उद्घाटन गरेका थिए । सो अवसरमा उनले  विद्यार्थीको चौतर्फी विकाशका लागि खेलकुद फलदायी हुने बताए ।  विद्यालयका प्राचार्य कृष्ण खनालले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई उजागर गर्न विद्यालयले खेलकुदलाई प्राथमिकतामा राखेको बताए । कार्यक्रममा अभिभावक  संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, पत्रकार बीपी गौतम लगायतले ले खेलकुदले विद्यार्थीमा अनुशासनको विकास गराउने बताए ।
विद्यालय सञ्चालक समितिका उपाध्यक्ष ऋषिराम भण्डारीको अध्यक्षता, विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख दयाराज खरालको स्वागत र शिक्ष्ँक नारायण पौडेलको सञ्चालनमा कार्यक्रम भएको हो ।
विद्यार्थीमा अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्ने उद्देश्यले खेलकुद सप्ताहको आयोजना गरिएको विद्यालयले जनाएको छ । वर्षभरी हरेक शुक्रबार हुने अतिरिक्त क्रियाकलाप सकेर विद्यालयले त्यसको समष्टि रुपमा खेलकुद सप्ताह आयोजना गरेको हो ।
सप्ताहअन्र्तगत विभिन्न प्रतियोगिताहरु आयोजना गरिएका छन् । सप्ताहको पहिलो दिन शिक्षक–विद्यार्थीबीच मैत्रीपूर्ण भलिवल प्रतियोगिता भएको छ । यस्तै प्रि–पाईमरी तर्फ म्युजिकल चेयर, सव–जुनियरतर्फ तातो आलु, जुनियर तथा सिनियरतर्फ स्लो साइकल रेस, चम्चा दौड, म्युजिकल चेयर, सटपुटलगायतका प्रतियोगिता भएका छन् । खेल सप्ताह फागुन ५ गतेसम्म चल्ने विद्यालयले जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया