Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
क्रान्ति सोझो बाटोबाट मात्रै पूरा हुँदैन : भट्टराई

दुवै माओवादी १९ औँ जनयुद्ध दिवस मनाउदै
काठमाडौ १ फागुन। एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले महान् सहिदहरुको सपना पूरा नहुँदासम्म क्रान्ति पूरा नहुने भन्दै अहिले क्रान्तिको लक्ष्य पूरा गर्न बाटोमात्रै परिवर्तन गरिएको बताएका छन् ।  एमाओवादी गोरखाले सदरमुकाममा १९ औँ जनयुद्ध दिवस शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले भने,’ क्रान्त्िाकारी लक्ष्य सोझो बाटोबाट मात्रै पूरा हुँदैन, लक्ष्यमा पुग्न कहिले दायाँ र कहिले बायाँ मोडिएर अघि बढ्नुपर्दछ । दायाँ बाटो हिँड्दै गर्दा दोस्रो संविधानसभा निर्वाचनले खतरा देखाएको छ । यसमा एमाओवादी नेतृत्व गम्भीरतापूर्वक वस्तुस्थितिको अध्ययन गरिरहेको छ ।’

 संविधानसभामा दक्षिणपन्थी मोड परेको हुँदा प्रगतिशील संविधान बन्ने सम्भावना क्षीण रहेको उनले वताए । उनले भने,’अहिलेको संविधानसभाबाट प्रगतिशील संविधान बन्छजस्तो लाग्दैन ।’ पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले संजनताको जायज माग पूरा गर्नाको निम्ति जनस्तरबाट दबाब सिर्जना गर्नुपर्ने बताउँदै शान्तिपूर्ण तरिकाले जनतालाई उठाउनुको विकल्प नभएको बताए ।
अहिलेको परिवर्तन न जित न हारको परिवर्तन भएको बताउदै कोही पनि विचलित हुनुनपर्ने उनले वताए । क्रान्ति सम्पन्न पनि भएको छैन, विचलित पनि भएको छैन । पुरानो सत्ता र नयाँ जनवादी सत्ताबीच सहमतिबाट परिवर्तन अघि बढेको उनले वताए ।
 तत्कालिन माओवादीले २०५२ साल फागुन १ गते सर्वहार वर्गको मुक्तिको लागी भन्दै जनयुद्धको शुरुवात गरेको थियो । त्यही दिनको सम्झना गदै यो दिवश मनाउन शुरु गरेको हो । नेकपा माओवादी र एमाओवादीले विभिन्न कार्यक्रम गरी आज जनयुद्ध दिवश मनाईरहेका छन ।

0 comments

तपाईंको प्रतिकृया