रुपन्देही र स्याङ्जा सेमिफाईनलमा प्रवेश
बुटवल, २ फागुन । रुपन्देही र स्याङ्जा बुटवलमा जारी क्षेत्रिय भलिवल प्रतियोगिताको सेमिफाईलमा प्रवेश गरेका छन् ।
शुक्रबार स्याङजा र रुपन्देही वाक ओभरमा विजयी हुदै सेमिफाईनलमा प्रवेश गरेका हुन । स्याङजाको प्रति द्वन्द्वी बाग्लुङ प्रतियोगितामा अनुउपस्थित भएपछि स्याङजा समुह ए को विजेता बन्दै सेमिफाईनलमा प्रबेश ग¥यो भने रुपन्देहीले पनि अर्घाखाचीको अनुउपस्थितीमा सोजै समुह ए को उपविजेता बन्दै सेमिफाईलनको यात्रा तय गरेको हो । यो प्रतियोगितामा रुपन्देहीले तीन खेल मध्ये एक खेल मात्र खेल्दै सेमिफाईनल खेल्ने अवसर प्राप्त गरेको छ ।
रुपन्देही आफ्नो पहिलो खेलमा स्याङ्जा संग पराजित भएको थियो । शुक्रबार भएको पहिलो खेलमा गुल्मीले पाल्पालाई ३–० को सोझो सेटमा हरायो । उसले २५–२२, २५–१७ र २५–१९ अंकले हराएको हो । त्यस्तै शुक्रबार भएको अत्यन्तै प्रतिस्पर्धाको खेल बर्षाका कारण स्थगित भएको छ । नवलपरासी र कास्कीका बीच भएको प्रतिस्पर्धामा दुवै जिल्लाले २÷२ जित हासिल गरेपनि अन्तिम फाईनल खेल सुरु हुनुपुर्व बर्षा भएपछि खेल स्थगित भएको हो । शुक्रबार ६ वटा खेल हुने हुने भनिएता पनि बर्षाका एक खेल मात्र भएको थियो । स्थगित खेलहरु आज (शनिबार) हुने आयोजकले बताएका छन् ।
स्थगित खेलहरु मध्ये समुह वि अन्तर्गत आज पहिलो खेल नवलपरासी र कास्की, दोस्रो खेल नवलपरासी र पाल्पा, तेस्रो खेल कास्की र पाल्पा तथा चौथो खेल गुल्मी र कास्कीका बीच हुने छ । फाईनल प्रतिस्पर्धा समुह वि को विजेता समुह ए को उपविजेता तथा समुह वि को उपविजेता समुह ए को विजेता संग प्रतिस्पर्धा गर्नेछन् ।

0 comments
तपाईंको प्रतिकृया