Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
दुर्घटना भएको सम्भावित स्थानमा विमान भेटिएन

बुटवल ४ फागुन– अर्घाखाँचीको खिदिममा दुर्घटनाग्रस्त भएको भनिएको विमान आइतवार राती अवेर सम्म पनि भेटिएको छैन ।
 चालक दलका तीनसदस्यसहित १८ जना सवार  विमान अर्घाखाँचीको खिदिममा दुर्घटनाग्रस्त भएको अनुमान गरिएको थियो । अपराहृन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल टावर स्रोतले विमान खिदिमको जंगलमा दुर्घटना भएको बताएको थियो ।  सोही अनुसार प्रहरी र नेपाली सेनाको टोली खिदिमको सम्भावित ठाउँहरुमा पुगेको थियो । खिदिम आसपासको सम्भावित ठाउँहरु मरुवा, हर्रावोट, पडेनी, ढावा लगायतका स्थानमा सुरक्षाकर्मीको टोली पुगेपनि दुर्घटना भएको भनिएको विमान नभेटिएको प्रहरीलाइृ उदृत गर्दे पत्रकार गणेश खनालले सुपरखवरलार्इ जानकारी दिए । उनका अनुसार आइतबार दिउँसो सोढ १ बजेदेखि साढे २ बजेसम्म भारी वर्षा भएको थियो ।  काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि उडेको ट्वीनअटर विमान दिउँसो सम्पर्कविहीन भएको थियो ।

0 comments

तपाईंको प्रतिकृया