वायुसेवा निगमको विमान दुर्घटनाग्रस्त
बुटवल ४ फागुन । काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगमको ९ एन एबीबी ट्विनअटर जहाज अर्घाखाँचीको खिदिम जंगलमा दुर्घटना भएको छ ।
विमानमा रहेका १८ जनाको अवस्था अज्ञात छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल टावर स्रोतले दिएको जानकारी अनुसार विमान आगलागी भएको अवस्थामा भेटिएको छ । सशस्त्र प्रहरी स्रोतले पनि पाल्पा, अर्घाखाची र गुल्मीको सीमामा पर्ने खिदिमको जंगलमा आगो लागेको देखिएको र विन्ध्यवासिनी गण चन्द्रौटा कपिलबस्तुबाट टोली खटिएको बताएको छ ।सशस्त्र प्रहरी स्रोतका अनुसार पाल्पा, अर्घाखाँची र गुल्मीको सीमामा पर्ने खिदिमको जंगलमा आगो लागेको देखिएको छ र विन्ध्यवासिनी गण चन्द्रौटा कपिलबस्तुबाट टोली खटिएको छ ।
विमानमा चालक दलका ३ सदस्य र १५ जना यात्रु थिए । १५ यात्रु मध्ये एक बच्चा रहेका छन् । पोखरामा रिफ्युलिङ गरेर १२स्४० मा उडेको विमानले अन्तिम पटक पोखरा टावरसँग १ बजेर ६ मिनेटमा सम्पर्क गरेको थियो । काठमाडौंसँग ६ मिनेट र भैरहवा टावरसँग २ बजेर १३ मिनेटमा सम्पर्क भएपनि कुराकानी हुन पाएको थिएन । विमान जुम्लामा पौन २ बजे नै अवतरण भइसक्नु पर्ने थियो । तर, अहिलेसम्म सम्पर्कमा आएको छैन ।
को को थिए विमानमा ?

.gif)
0 comments
तपाईंको प्रतिकृया