Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘संविधान बने मात्र जनयुद्धको औचित्य सार्थक’

बुटवल ५ फागुन– संविधान जारी नहुदा सम्म जनयुद्ध र जनआन्दोलनको औचित्य सार्थक नहुने एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन ।
 एमाओवादी रुपन्देहीले सोमवार बुटवलमा आयोजन गरेको  नेपालको जनयुद्ध र संघिय लोकतान्त्रिक गणतन्त्र विचको अन्तर सम्वन्ध विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले संविधान जनताको चाहना भएको बताउदै स त्यसको लागी संविधान निर्माणमा राजनितीक दलहरुले ध्यान दिनु पर्ने बताए ।
संविधानसभा एमाओवादी उठाएको एजेण्डा भए पनि सवै राजनितीक दलहरुले समर्थन गरी मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको उनिहरुको भनाई छ । 
 एमाओवादीका अवध मधेश राज्य समितीका एन्चार्ज चक्रपाणी खनाल  ‘वलदेव’ले जनताको अधिकारहरुलाई स्थापति गर्न तथा जनयुद्ध र जनआन्दोलनको उपलव्धीलाई रक्षागर्न नया संविधान वनाउनुको विकल्प नभएको बताए । उनले जनयुद्धले नेपाली जनतामा चेतनाको वृद्धि गरेको र राजतन्त्र अन्त्यको लागी विजारोपण गरेको बताए ।
कार्यक्रममा एमाले केन्द्रिय लेखा समितीका  सदस्य विष्णु पन्थीले माओवादीले जनयुद्धमा शहादत गरेकोहरुलाई विर्सदै गरेको  वताउदै त्यसैका कारण एमाओवादी संविधान सभाको निर्वाचनमा तेश्रो पार्टीमा सिमित हुन पुगेको बताए ।
एमाओवादीका केन्द्रिय सदस्य माधव शर्मा (एम एस)को अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता युवराज गिरी, राष्ट्यि जनमुक्ति पार्टीका झमवहादुर गुरुङ लगायतले जनयुद्ध जनआन्दोलन संविधानसंग जोडिएकाले संविधान निर्माणलाई जोड दिनु पर्ने आवश्यकता औल्याए । एमाओवादीको रुपन्देही जिल्ला इन्चार्ज वामदेव क्षेत्रीले पार्टीको तर्फवाट कार्यपत्र प्रस्तुत गर्दे नेपालमा जनयुद्ध सामन्ती राज्य व्यवस्था परिवर्तनको लागी भएको बताएका थिए ।

0 comments

तपाईंको प्रतिकृया